२४ फाल्गुन २०७६, काठमाण्डौं ।
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले महिला सशक्ति करणमा केन्द्रित विशेष “जागृति”अभियानस सञ्चालन गर्ने भएको छ। यस अभियानको प्राथमिक उद्देश्य महिला विक्रेता तथा उद्यमीहरुको उत्पादनहरूको प्रचार गरी दराजको हजारौं ग्राहकहरुको बीच पुर्याउनु हो।
अभियानको माध्यमबाट उठेको सम्पूर्ण आम्दानीको १०% हिस्सा “विमेन एक्ट” नामक एक महिला सशक्ति करणमा आधारित गैर-सरकारी संस्थालाई दिइने छ। उक्त अभियान यहि मार्च ८ देखि मार्च १६ सम्म जारी हुनेछ।
दराज सँग एकता देखाउँदै बैंक पार्टनर सनराइज बैंकले अन्तराष्ट्रिय महिला दिवसमा १५% वा रु १,५०० सम्मको छूट दिने भएको छ । छूटको लाभ लिनकालागि ग्राहकहरूले उनीहरूको सनराइज बैंकको क्रेडीट/डेबीट कार्ड मार्फत पूर्व भुक्तानी वा “प्रीपेमेन्ट्” गर्नुपर्ने छ।
यस बाहेक, महिला फेशन, स्वास्थ्य र सौन्दर्य, र जीवनशैली उत्पादनहरूमा पनि अतिरिक्त छूट र अफरहरु रहेका छन्।साथै ग्राहकहरूले भाउचर मार्फत रु १५० देखि रु ३५० सम्मको छूट पनि पाउन सक्छन्।
महिलाहरुमा उद्यमशीलताको विकास गर्न दराजले विशेष प्राथमिकता दिदै आएको छ। इकमर्स र विशेष गरी दराजले प्रस्तुत गरेको अनलाइन बजार मोडल महिला उद्यमीहरू तथा इच्छुक महिलाहरूका लागि कुनै पनि व्यवसाय सञ्चालन गर्न उपयुक्त प्लेटफर्म बनेको छ। दराजको सजिलो दर्ता प्रकृया र निःशुल्क तालीमले यी महिला उद्यमीहरुलाई आफ्नै बलमा व्यवसाय सुरु गर्न शक्ति प्रदान गरेको छ।
दराजले आफ्ना महिला विक्रेता र उद्यमीहरूका धेरै कथाहरू भीडीयोमा रेकर्ड पनि गर्दै आएका छ। उक्त भीडीयोहरुमा उनीहरूले आफ्नो संघर्ष, सफलता, उनीहरूको व्यवसाय मार्फत अन्य महिलाहरूलाई सशक्तिकरण गर्दै आएको र दराजले दिएको साथको बारे व्याख्या गरेको छन्। इच्छुक दर्शकहरूले दराजको यूट्यूब च्यानलमा उनीहरूका कथाहरू हेर्न सक्दछन्।
यस अभियानको मार्फत दराजले महत्वाकांक्षी महिलाहरु लाई आफ्नो उद्देश्य प्राप्त गर्न प्रोत्साहित गर्ने आशा गर्दछ किनकी अब समय आएको छ “नयाँ सोच, नयँ म” को।