संसारकै सबै भन्दा ठुलो सेल डे लिएर आउदै छ दराज

World’s Biggest Online Sale Day
World’s Biggest Online Sale Day

काठमाडौं, कात्तिक २०।

नेपालको बृहत अन्लाईन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११ को मध्यरात बाट सुरु हुने घोषणा गरेको छ ।

नोभेम्बर ११ को दिनचीनमा सिंगल्स डे भनेर त्यस दिन एकलतालाई मनाइन्थ्यो तर अलिबबा ले २००९ मा आफ्नो शपिङ प्लेटफर्म टी मलमा भारि छुट दिने भनेर ११.११ को आयोजना गरेदेखि सबै बदलियो ।

यो मेगा सेल अहिले विश्वव्यापी रुपमा एक मनोरन्जनात्मक सेल डे को रुपमा अलिबाबा सँग सम्बधित सबै देशहरु तथा दराजले व्यापार गर्ने देशहरुमाआयोजना हुने गर्दछ ।

फल स्वरूप अलिबाबा द्वारा अधिग्रहण गरिएपछि दराजले सन् २०१८ को नोभेम्बर ११ अर्थात २०७५ कार्तिक २५ गते नेपालमा ११.११ आयोजित गरेको थियो जसले नेपालको अनलाइन क्षेत्रमा ठूलो प्रभावपा¥यो । उक्त दिनमा दराजले साधारण दिनभन्दा ८० गुना बढि व्यापार देखेको थियो साथै २ लाख भन्दा बढि उपभोक्ताहरु, १००० भन्दा बढी बिक्रेता तथा ब्रान्डहरु एकै दिन दराज एपमा जम्मा भएका थिए । र यसपालीको ११.११ सेल अझै ठूलो हुने भएको छ, दराजले यसपाली ३ लाख भन्दा बढि सामानहरुमा आकर्षक छूट्हरु लिएर आउनेछ साथै ३.५/४ लाख भन्दा बढि प्रयोगकर्ताहरूको सहभागीता हुने अनुमान रहेको छ।

यस एक दिने महाअभियानको बारेमा दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंग भन्नुहुन्छ, “पूर्व सालको ११.११ सेलमा हामीले भारी प्रतिक्रिया पायौं र हामीले धेरै कुराहरु पनि सिक्यौं की कसरी यसलाई झनै राम्रो बनाउन सकिन्छ । तथापी ३००० भन्दा बढी बिक्रेताहरु, ५ बैंकहरु, र झनै बिकसीत  वितरण प्रवीधीका साथ यो ११.११लाई झनै राम्रो र भव्य बनाउदै छौं । अहिले सम्म भएका अभियानहरुबाट सिकी हामी उपभोक्ताहरु लाई सबैभन्दा राम्रो सेवा प्रधान गर्न सक्छौं भन्ने विश्वास राख्दछौं।”

यस सालको ११.११ मेगा उपहारमा यामाहा रे जेड आर स्ट्रीट ¥याली (YAMAHA RAY ZR STREET RALLY ), इन–एप गेमहरु, डेबिट/क्रेडिटमा छूटहरु, शेकशेक, मेगा भउचरहरु, मिस्ट्री बक्स्, कलेक्टिबल भउचरहरु, दराज साथी, अर्ली बर्ड अफरहरु, बण्डल अफरहरु, फ्लेश सेल, र यस लगायत अन्य धेरै अफरहरु पनि छन् ।

छुटाउनै नहुने भनेका बैंकिङ्ग पार्टनरहरुले दिने छूटहरु हुन् । उपभोक्ताहरुले दराजको ५ बैंकिङ्ग पार्टनरहरुको (Nabil Bank, Nepal Investment Bank, Sanima Bank, Mega Bank, Standard Chartered) डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अन्लाईन पेमेन्ट गर्दा थप २०% अथवा मेगा सेलमा रु ३,५०० सम्मको छूट पाउनेछन् ।

दराजका चिफअपोर्रे्टिंग अफिसर (COO) बिमलअ¥यालले भने,“दराजले उपभोक्ताहरुलाई सबैभन्दा राम्रो सेवा प्रधान गर्न घेरै तयारीहरु गरीनै रहेको छ, र वितरण समय बढ्न सक्नेछ । “११.११ सेलमा मात्र हुने १ लाख अपेक्षित अर्डरहरु को लागि तयारि गर्न दराज ले ४०० थप दराज हीरोहरु (दिलिभरी राइडर) तथा ५० जना थप कस्टमर केर एजेंटहरु थपेको छ ।”

३००० बिक्रेताहरुलाई ११.११ सेलको पूरै लाभ पुगोस भनेर दराजले बिक्रेताहरुलाइ निःशूल्क ट्रेनीङ्ग पनि दिदै आएको छ । साथै दराजले नेपाल भरिका दराज हबहरुमा कलेक्शन पोइन्ट सेवा सुरु गरेको छ जसले उपभोक्ताहरुको समय र पैसा बचाउनेछ ।

म्यारियट होटेलमा आयोजित प्रेस बिज्ञप्तिमा उपस्थित नबिल बैंकका सीइओ श्री अनिलशाहले भन्नुभयो, “पहिले सुपरमार्केटहरु नयाँ हँदा मानिसहरुले त्यहाँ पाउने सामानको गुणस्तर र मोल माथि धेरै प्रश्न र शंखा गर्थे । तर अहिले मानिसहरु प्रायजसो जे किन्न पनि सुपरमार्केट नै जान्छन र यो परिवर्तन आउन धेरै समय लग्यो । तर दराज को सफलतालाई हेर्दा अनलाईन शपिंग नयाँ भए पनि हाम्रो समाजले अप्नाउदै गएको देखिन्छ । एउटा नराम्रो अनुभवले भए उपभोक्ताहरु कहिले पनि फर्किदैनन । त्यसैले दराजले धेरै संघर्ष पनि गर्यो। तर यसरी नै उपभोक्ताहरुको मन जित्दै गए नेपालीहरु अनलाइन शपिंगलाइ पुरै नै अप्नाउनेछन्।”

निश्कर्षमा अहिले सम्म भएका सबै परीवर्तन, सुधार, सफलता, र अनुभव बटुली दराजले यस वर्ष को ११.११, एक दिनको सेल अहिले सम्म कै सबै भन्दा ठूलो र उत्कृष्ट बनाउने छ भन्ने कुरा पक्कै नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here