दराजको एप्पी शपिंग अभियान घोषणा

Daraz Appy Shopping Campaign

१२ फागुन २०७६, काठमाडौं ।  

एपमा शपिंग गर्न अझै रमाईलो बनाउने उद्देश्य लिएर  नेपालको बृहत अन्लाइन शपिङ साइट, दाराजले एप्पि शपिंगको साथ २०२० को पहिलो शपिंग अभियान घोषणा गरेको छ।

फेब्रुअरी २५ देखि मार्च ०२ सम्म हुने यस १ हप्ता लामो अभियानले ग्राहकहरुलाई अनेक मनोरञ्जनात्मक सुविधाहरूकोे माध्यम बाट रमाइलो र अन्तरकृयात्मक एप अनुभव र्पुयाउने कुरामा केन्द्रित छ।

दराजको अन्तरकृयात्मक गेम जोनले एप प्रयोगकर्ताहरू लाई रोमाञ्चक खेलहरू खेल्न र अद्भुत उपहार जित्ने अवसर प्रदान पनि गर्दछ। यस बाहेक, वन रुपी गेम, मिशन गेम, र शेक शेक जस्ता आकर्षणहरू पनि छन्।

प्रयोगकर्ताहरूले दराजको शेक शेक गेम मार्फत थप छुट प्राप्त गर्न पनि सक्दछन्। यस बाहेक,कपडा, क्यामेरा, फोन, इलेक्ट्रोनिक्स, सौन्दर्य उत्पादनहरू, र अन्य उत्पादनहरूमा भारी छुट प्रदान गर्दै क्रेजी फ्ल्यास सेल्स विशेष समयमा आयोजित हुनेछ।

यो एप अभियान मार्फत दराजले मेगा डिलहरू प्रदान गर्नेछ जस अन्तर्गत धेरै उत्पादनहरूमा ६०% सम्मको छुट हुनेछ। यस बाहेक, प्रयोगकर्ताहरूले क्रेजी भाउचरहरूको प्रयोग गरी सामानहरूका मूल्यहरूमा अझै धेरै छुट लिन सक्छन्।

साथै यस अभियानमा दराजले निःशूल्क वितरण, उपहारहरु, बन्डल अफरहरू, र अधिक धेरै आकर्षणहरु प्रस्तुत गर्नेछ। यी बाहेक, ग्राहकहरूले दराजको बैंकिंग साझेदारहरूको डेबिट र क्रेडिट कार्डहरू प्रयोग गरी पूर्व भुक्तानी गरेमा थप छुटको मज्जा लिन सक्छन् ।

दराजको बैंकिंग साझेदारहरू नबिल बैंक, स्टेनडर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, र एनआईसी एशिया बैंक हुन्। प्रत्येक बैंकले हप्ता भरि विशेस दिन हरूमा छुट प्रदान गर्दैछ।

ठूलो उत्साहका साथ दराजका प्रबन्ध निर्देशक, लिनो अलरिंगले भने, “हामीले २०२० भरि आयोजना गर्न चाहेको थुप्रै अभियानहरू मध्ये यो पहिलो अभियान हो। यस अभियानको माध्यमबाट हामी हाम्रा ग्राहकहरूको एप अनुभवलाई बढी अन्तरक्रियात्मक र रमाइलो बनाउन चाहान्छौं।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here