माध्यमिक विद्यालयहरुमा साइबर सुरक्षा सचेतना कार्यक्रम संञ्चालन

क्यान महासंघ जिल्ला शाखा मकवानपुरको आयोजना तथा क्यान महासंघ साइबर सुरक्षा समितिको सहयोगमा मकवानपुरको विभिन्न माध्यमिक विद्यालयहरुमा साइबर अपराध के हो ?, कसरी साइबर अपराध हुन्छ ? ककस्ले के का लागि साइबर अपराध गर्छन ? यसबाट कसरी बच्न सकिन्छ ? भन्ने विषयलाई मुख्य आधार मानी उक्त सचेतना कार्यक्रम संचालन गरिएको क्यान महासंघका कार्यबाहक अध्यक्ष श्री सरोज बज्राचार्यले जानकारी दिनु भयो ।

Barahi Secondary School Nibuwatar
Adhunik Rastriya Secondary School

क्यान महासंघका केन्द्रीय सदस्य श्री श्यामकल श्रेष्ठको प्रमुख आतिथ्य संचालन भइरहेको सो कार्यक्रम मिति २०७५ साल असोज ७ गते निवुटारको बाराही मावि, ८ गते पदमपोखरीको महेन्द्र मावि, हेटौंडाको जि.एस. निकेतन,आधुनिक राष्ट्रिय मावि तथा हेटौंडाकै ज्ञानदा मावि थरी ५ वटा विद्यालयहरु कार्यक्रम संचालन भइसकेको छ भने ११ गते हटियाको बालबोध मावि हुदै चौघडाको वंशगोपाल माविमा आई कार्यक्रम समापन हुने जिल्ला शाखाका सचिव विश्वप्रसाद गौतमले बताउनु भयो । कार्यक्रमको सहजीकरण पुल्चोक इन्जिनियरिङ कलेजका सुशान्त गौतम, स्पन्दन प्याकुरेल र एलिना देवकोटाले गरिरहेका छन् ।

Mahendra Secondary School Hetauda

कम्प्युटर, मोबाइल, इन्टरनेट आदि प्रयोगकर्ताहरुले कसरी आफुलाई साइबर अपराधबाट सुरक्षित गर्ने भन्ने विषयमा केन्द्रित रहेको उक्त कार्यक्रम अत्यन्त उत्साहजनक, उपयोगी र समय सान्दर्भिक रहेको कार्यक्रम सञ्चालन भएका विद्यालयका प्रधानाध्यापकज्युहरुले बताउनु भयो । कार्यक्रमको व्यवस्थापन क्यान महासंघ जिल्ला शाखाका उपाध्यक्ष पुष्पराज पुडासैनी तथा कोषाध्यक्ष शिव श्रेष्ठ लगायत कार्यसमिति सदस्यहरुले गरिरहनु भएको छ । आगामी दिनहरुमा मकवानपुर जिल्लामा रहेको हेटौडा उपमहानरपालिकाका सबै वडाहरु, माध्यमिक विद्यालयहरु, थाहा नगरपालिकाका विद्यालयहरुमा तथा सबै गाउपालिकाहरुमा समेत यस प्रकारका कार्यक्रमहरु लिएर जाने क्यान महासंघका केन्द्रीय सदस्य श्यामकल श्रेष्ठले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here