कुलप्याडका दुई नयाँ मोडलहरु कूल १० र कूल एस नेपाली बजारमा सार्वजनिक

Coolpad Smartphones

११ माघ  २०७७, काठमाडौं ।

लोकप्रिय र चर्चित मोबाइल फोन ब्राण्ड कुलप्याडले नेपाली बजारमा आफ्नो उपस्थिती ससक्त बनाउँदै गएको छ । चिनियाँ ब्राण्डले नेपाली बजारमा हालै २ नयाँ मोडलहरु सार्वजनिक गरेको छ ।

नेपालको लागि कुलप्याड मोबाइलको आधिकारीक आयातकर्ता तथा बितरक कम्पनी एसडी इन्टरनेशनल प्रालिले शुक्रबार एक कार्यक्रमका बिच कूल १० र कूल एस नामक दुई मोडलका स्मार्टफोनहरु बजारमा सार्वजनिक गरेको छ ।

  • कम्पनीले सार्वजनिक गरेको दुबै मोडलहरु युवा ग्राहकहरुका लागि लक्षित गरेर ल्याईएको छ ।
  • कम्पनीका जनरल म्यानेरज कर्पोरेट हेड उपेन्द्र साहले नेपाली बजारमा छोटो समयमा नै कुलप्याडका फोनहरुले बजार लिन सफल भएको र ग्राहकहरुले निकै रुचाएको बताए ।
  • कुलप्याडका फोनहरु नयाँ आविश्कारीक र आकर्षक डिजाइनका साथै उच्चस्तरीय फोनहरु भएको कारण युवा पुस्ताले निकै मनपराउनु भएको छ । कुलप्याड अन्तराष्ट्रिय ब्राण्ड भएको हुँदा पनि उच्च गुणस्तरका फोन भित्र्याईरहेका छौं ।
  • कम्पनीका जनरल म्यानेरज कर्पोरेट हेड उपेन्द्र साहले भने । उनले नेपाली बजारलाई लक्षित गरेर नयाँ नयाँ मोडलहरु समेत ल्याउने तयारीमा रहेको जानकारी दिए ।

कूल १० स्मार्टफोन

कुलप्याडको कूल १० स्मार्टफोनमा ६.५२ इन्चको वाटरड्रप नोच डिस्प्ले डिजाइन रहेको छभने फोनमा फोटोग्राफीको लागि १६ मेगापिक्सेलको मुख्य क्यामरा, ०.३ मेगापिक्सेल प्लस ०.३ मेगापिक्सेलको रियर क्यामरासहित ड्यूल एआई क्यामरा रहेको छ । सेल्फीका लागि ८ मेगापिक्सेलको एआई क्यामरा राखिएको छ ।

फोनमा पावर दिनका लागि शक्तिशाली ५,००० एमएएच ब्याट्री प्याक रहेको छ भने यसमा लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, साइड फिंगर प्रिन्ट र फेस अनलक फिचरहरु रहेका छन् ।

कूल १० स्मार्टफोनमा हेलियो पी६० प्रोसेसरका साथमा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज अप्सन रहेको छ । यो फोनको बजार मूल्य १६,५९५ रुपैयाँ तोकिएको छ ।

कूल एसमा स्मार्टफोन

त्यसैगरि अर्को स्मार्टफोन कूल एस स्मार्टफोनमा ६.५२ इन्चको कर्नर पन्चहोल फूलएचडी प्लस डिस्प्ले डिजाइन रहेको छ भने फोटोग्राफीको लागि ४८ मेगापिक्सेलको क्वाड क्यामरा सेटअप रहेको छ । फोनमा मुख्य क्यामरा ४८ मेगापिक्सेलका साथमा २५ मेगापिक्सेल प्लस २ मेगापिक्सेल तथा ५ मेगापिक्सेलको माइक्रो क्यामरा रहेको छ । यसको रियर क्यामराले स्लोमो समेत खिच्न सकिनेछ ।

फोनमा पावर दिनका लागि शक्तिशाली ५,००० एमएएच ब्याट्री प्याक रहेको छ भने यसमा लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, साइड फिंगर प्रिन्ट, फेस अनलक, ब्लूटूथ, यूएसबी टाइप सी, एनएफसीलगायतका फिचरहरु रहेका छन् । कूल एस स्मार्टफोनमा हेलियो पी६० प्रोसेसरका साथमा ४ जीबी र्याम र १२८ जीबी स्टोरेज अप्सन रहेको छ । यो फोनको बजार मूल्य २२,५९५ रुपैयाँ तोकिएको छ ।

यी दुबै स्मार्टफोनहरु एन्ड्रोइड १० अपरेटिंग सिस्टममा आधारित छन् । कुलप्याडले छिटै नै यी दुबै मोडलका अन्य भेरिएन्टहरु समेत सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले देशभर आफ्ना ३५ बितरकहरु मार्फत कुलप्याड मोबाइल फोन बिक्री गरिरहेको छ भने ग्राहकरुलाई बिक्रीपछिको सर्भिसका लागि देशभर ४० भन्दा बढि स्थानमा सर्भिस सेन्टरहरु मार्फत सेवा दिईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here