शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्णय प्रति CSIT आलुम्नीको कडा आपत्ती

Computer Science Alumni Association Nepal

ICT को उप-प्राध्यापकको न्युनतम योग्यतामा गम्भीर ध्यानाकर्षण|हाल प्रकाशित बिज्ञापनमा ICT तर्फको उप प्राध्यापक पदको बिज्ञापनमा MSC CSIT, ME, MCA लगायतका दक्ष् युवा शक्तिहरुलाई आबेदन दिन बाट बन्चित गरेको प्रति Computer Science Alumni Association को गम्भीर ध्यानाकर्षण भएको छ| कार्यक्रममा MSC Computer Science, ME, MCA गरेका साथीहरु आंशिक र करार शिक्षकका रुपमा बिभिन्न क्याम्पसमा बर्षौदेख कार्यरत छन | त्रि.बि ले २०७२ मा गरेको बिज्ञापन मा तोकेको योग्यता अनुसार MSC Computer Science, ME, MCA गरेका सबैले प्रतिस्पर्धा गर्न पाएका थिए | त्रि.बि को योग्यता संसोधन गर्ने पनि आफ्नै पद्दति छ | हालसम्म बिषय समिति र फ्याकल्टी बोर्डमा योग्यता संसोधन आवश्यकता को बिषय छलफलको बिषय समेत बनेको छैन |

बिषयका ज्ञाताहरुको रुपमा रहेको बिषय समिती र फ्याकल्टी बोर्डमा आवश्यकता नै महसुस नभएको बिषय व्यक्तिगत आग्रह पूर्वाग्रहको आधारमा Academic Council बाट निर्णय हुने कुरा सम्भब छैन | तसर्थ: बिनाकारण आबेदन दिन बन्चित गराइनु अनुपयुक्त हुन जान्छ |

CSIT Alumni को पहल बाट प्राप्त सफलता

तसर्थ: २०७२ साल को योग्यता अनुसार नै MSC Computer Science, ME, MCA गरेका सबैले आबेदन दिन पाउने बाताबरण बनाइदिन Computer Science Alumni Association अनुरोध  गर्दछ। यथाबस्था रहेमा Computer Science Alumni Association आन्दोलनमा उत्रन बाध्य पर्ने प्रेस विज्ञप्ती मार्फत चेतावनी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here