लोकप्रियताको चुलीमा पुग्ने टिकटक के हो ?

बाइट डान्स नामक कम्पनीले यो एप बनाएको हो । टिक टक सन् २०१६ को सेप्टेम्बरमा लञ्च भएको हो । सन् २०१८ मा टिक टक लोकप्रियताको चुलीमा पुग्यो । गत अक्टोबरमा टिकटक अमेरिकामा सबैभन्दा धेरै डाउनलोड हुने एप बन्न पुग्यो ।

टिक टिक एक सोसल मिडिया एप्लिकेसन हो । जसबाट स्मार्टफोन प्रयोगकर्ताले छोटा छोटा १५ सेकेण्ड सम्मका भिडियो बनाएर शेयर गर्न सक्दछन् ।

गुगल प्लेमा टिक–टकको परिचय short videos for you  भनेर दिइएको छ । प्ले स्टोरमा टिकटकको बारेमा: टिकटक मोबाइलबाट छोटा छोटा भिडियो बनाउने कुनै साधारण तरिका होइन। यसमा कुनै बनाबटीपना छैन र कुनै सीमा छैन ।  तपाईं जेसुकै गरिरहेको र जहाँ सुकै हुनुहोस् टिकटकमा आउनुहोस् र १५ सेकेण्डमा दुनियाँलाई आफ्नो कहानी बताउनुहोस् ।

टिकटकको साथमा तपाईंको जीवन अझै रोमाञ्चक हुन्छ । तपाईं जिन्दगीका हरेक पल जिउनुहुन्छ र हरेक समय केही नयाँ खोजी गरिरहनु भएको हुन्छ । आफ्नो भिडियोमा स्पेशल इफेक्ट फिल्टर, ब्युटी इफेक्ट, इमोजी स्टिकर तथा म्युजिक हालेर नयाँ रङ्ग दिन सक्नुहुन्छ ।

टिक टकबाट भिडियो बनाउँदा तपाईंले आफ्नो आवाजको प्रयोग नगरी केवल आवाज अनुसार ओठ चलाए पुग्छ । जसरी फेसबुक तथा ट्वीटरमा आफ्नो अकाउन्ट भेरिफाइड गराउन  प्रयोगकर्ताले निकै मेहेनत गर्नुपर्दछ । त्यस्तै टिकटकमा भेरिफाइड अकाउन्टवाला प्रयोगकर्ताको संख्या निकै धेरै छ । तर टिकटकमा ब्लू टिक होइन सुन्तला रङको रेजा अर्थात् अरेन्ज टिक पाइन्छ ।

अरेन्ज टिक प्राउनेको अकाउन्टमा पपुलर क्रिएटर लेखेको देखिन्छ । साथै उक्त अकाउन्टवालाको भिडियो कतिले मन पराए अर्थात् कति मुटु आकारको संकेत प्राप्त गर्यो भन्ने पनि थाहा पाइन्छ ।

टिकटकका केही फाइदा पनि छन् । खासगरी गाउँ तथा स साना सहरका लागि यो मानिसहरुको प्रतिभा देखाउने तथा मनोरञ्जन गर्ने निकै राम्रो माध्यम बनिरहेको छ ।

कतिपय मानिस यसको माध्यमबाट आफ्नो अभिनय इच्छा पूरा गरिरहेका छन् । कतिले राम्रो कमेडी गर्छन् त कतिले राम्रो नाच । धेरै मानिसहरुले टिकटकबाट पैसा पनि कमाइरहेका छन् ।

विज्ञका अनुसार, कुनै पनि देशमा एप लञ्च गरेसँगै कम्पनीहरुले विभिन्न देशमा मान्छे खटाउँदछन् । आम रुपमा यस्ता मानिसहरुलाई भर्ती गरिन्छ जो देख्दा सुन्दर होउन्, कमेडी गर्न आओस् अनि गाउने तथा नाच्ने कला पनि होस् । उनीहरुले दैनिक रुपमा कुनै भिडियो तयार गरी टिकटकमा हाल्नुपर्दछ र यसका लागि उनीहरुलाई केही पैसा प्राप्त हुन्छ ।

गुगल प्ले स्टोरमा भनिएको छ कि यो एप केवल १३ वर्षमाथिकाले मात्र चलाउन पाउँदछन् । यद्यपि, यो नियम पालना भएको देखिँदैन । बच्चाहरुलाई पनि टिकटकमा भिडियो बनाएर राख्ने गरिएको छ ।

 गोपनीयताको कुरा गर्ने हो भने टिककट निकै असुरक्षित र खतरनाक छ । किनकि यसमा केवल दुईवटा प्राइभेसी सेटिंग्स गर्न सकिन्छः पब्लिक र वन्ली । अर्थात् भिडियो देख्नेहरुमा कुनै छनौट गर्न सकिँदैन । या त तपाईंले आफ्नो भिडियो आफैंले मात्र हेर्ने, या त दुनियाँ सबैलाई देखाउने ।

टिकटक पूर्ण रुपमा सार्वजनिक भएको हुँदा कसैले पनि टिकटकमा रहेको जो कसैलाई फलो गर्न सक्दछ, मेसेज गर्न सक्दछ । यस्तोमा कुनै आपराधिक प्रवृत्तिका मानिसले टिकटकमा सानो उमेरका बच्चा बच्ची तथा किशोर किशोरीहरुलाई गुमराहमा राख्ने खतरा हुन्छ ।

विज्ञहरुका अनुसार टिकटकमा कुनै पनि सामाग्रीको बारेमा उजुरी गर्ने माध्यम नभएको हुँदा यो सुरक्षा र गोपनीयताको दृष्टिकोणले निकै खतरनाक हुनसक्छ ।यस्तोमा टिकटक इन्टरनेटमा अरुको खिल्ली उडाउने वा दुर्व्यवहार गर्ने अर्थात् साइबर बुलिङ्गको अस्त्र बन्न सक्दछ । यसमा अरुलाई सहजै ट्रोल गर्न सकिन्छ ।

आजकल धेरैजसो एपहरुले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा काम गर्दछन् । यस्तोमा यदि तपाइँले त्यस्ता एपलाई एकपटक मात्र प्रयोग गर्नुभयो भनेपनि ती एपले तपाइँसँग सम्बन्धित विभिन्न जानकारीहरु सधैका लागि जुटाइसक्दछ । त्यसैले टिकटक जस्ता एपहरुको प्रयोग गर्दा निकै होसियार हुनुपर्दछ ।

बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here