बैशाखका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुनको कति ?

commercial banks

३० चैत, काठमाण्डौं।  

वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

अधिकांश बैंकहरुले बैंकहरुले चैत महिनाको तुलनामा वैशाखमा मुद्दति निक्षेपमा दिने ब्याजदर घटाएका छन् । सञ्चालमा रहेका २० वटा वाणिज्य बैंकमा २ वटाले ब्याजदर घढाउँदा ५ वटाले स्थिर राखेका छन् भने बाँकी १३ वटा बैंकले ब्याजदर घटाएका छन् ।

बैशाख महिनामा नेपाल बैंक, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, सिद्धार्थ, प्राइम कमर्सियल, कुमारी, सानिमा, एसबीआई, सिटिजन्स र एनआईसी एसिया (१३ वटा) बैंकले ब्याजदर घटाएका छन् ।

त्यस्तै कृषि विकास, स्टान्डर्ड चार्टर्ड, नबिल, हिमालयन र नेपाल इन्भेस्टमेन्ट मेगा (५ वटा) बैंकले अधिकतम ब्याजदर बैशाखका लागि स्थिर राखेका छन् भने दुई बैंक एभरेस्ट र एनएमबीले चैतको तुलनामा ब्याजदर बैशाखका लागि बढाएका छन् ।

व्यक्तिगत तर्फ मुद्दति निक्षेपमा चैत महिनामा औषतमा अधिकतम ७.२५ प्रतिशतका दरले ब्याज दिइरहेका बैंकहरुले बैशाख महिनामा औषतमा अधिकतम ७.०६ प्रतिशतका दरले ब्याज दिने भएका छन्।

व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर वैशाख महिनामा ७.०६ प्रतिशत भएको छ । चैतमा औसत ब्याजदर ७.२५ प्रतिशत रहेको छ ।

त्यसैगरी, संस्थागत तर्फ मुद्दति निक्षेपको ब्याजदर वैशाख महिनामा ५.८१ प्रतिशत भएको छ । चैतमा औसत ब्याजदर ६.०० प्रतिशत रहेको छ ।

वैशाख महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर:-

नेपाल बैंक लिमिटेड

नेपाल बैंक लिमिटेडले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगततर्फ अधिकतम ६.७५ प्रतिशत ब्याजदर तोकेको छ । चैत्र महिनामा यस बैंकले अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले संस्थागत मुद्दती निक्षेपतर्फ पनि ब्याजदर घटाएको छ । बैंकले संस्थागततर्फ अधिकतम ४.७५ प्रतिशत ब्याजदर तोकेको छ । चैत्र महिनाका लागि अधिकतम ५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

कुमारी बैंक

कुमारी बैंक लिमिटेडले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगततर्फ अधिकतम ७.२६ प्रतिशत ब्याजदर तोकेको छ । चैत्र महिनामा यस बैंकले अधिकतम ७.५१ प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले संस्थागत मुद्दती निक्षेपतर्फ पनि ब्याजदर घटाएको छ । बैंकले संस्थागततर्फ अधिकतम ६.२६ प्रतिशत ब्याजदर तोकेको छ । चैत्र महिनाका लागि अधिकतम ६.५१ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

कृषि विकास बैंक

कृषि विकास बैंक लिमिटेडले वैशाख महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगत तर्फको अधिकतम ब्याजदर ५.६६१ प्रतिशत कायम गरेको छ भने संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ४.०१ प्रतिशत कायम गरेको छ ।

एनआईशी एशिया बैंक

एनआईशी एशिया बैंक लिमिटेडले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । चैत्र महिनाका लागि बैंकले अधिकतम ८.५४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

बैंकले संस्थागत मुद्दती निक्षेपतर्फ पनि ब्याजदर बढाएको छ । बैंकले संस्थागततर्फ अधिकतम ६.७० प्रतिशत ब्याजदर तोकेको छ । चैत्र महिनाका लागि अधिकतम ७.५४८ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

एनएमबी बैंक

एनएमबि बैंक लिमिटेडले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगततर्फ अधिकतम ७.९७ प्रतिशत ब्याजदर तोकेको छ । चैत्र महिनामा यस बैंकले अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले संस्थागत मुद्दती निक्षेपतर्फ पनि ब्याजदर बढाएको छ । बैंकले संस्थागततर्फ अधिकतम ६.९७ प्रतिशत ब्याजदर तोकेको छ । चैत्र महिनाका लागि अधिकतम ६ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले वैशाख महिनाका लागि चैतकै ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले व्यक्तिगत तर्फको अधिकतम ब्याजदर ७ प्रतिशत कायम गरेको छ भने संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ६ प्रतिशत निर्धारण गरेको छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंक लिमिटेडले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत ब्याजदर कायम गरेको छ । चैत्र महिनाका लागि बैंकले अधिकतम ७.६० प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । बैंकले वैशाख महिनाका लागि अधिकतम ६ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले चैत्र महिनामा अधिकतम ६.६० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

सानिमा बैंक

सानिमा बैंक लिमिटेडले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले वैशाख महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.१० प्रतिशत ब्याजदर तोकेको छ । यो बैंकको अघिल्लो महिना (चैत)को ब्याजदर अधिकतम ७.२५ प्रतिशत थियो ।

यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । बैंकले वैशाख महिनाका लागि अधिकतम ६.१ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले चैत्र महिनामा अधिकतम ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

स्ट्याण्डर्ड चाटर्ड बैंक

स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेडले वैशाख महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगत तर्फको अधिकतम ब्याजदर ७ प्रतिशत कायम गरेको छ भने संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ५.२५ प्रतिशत कायम गरेको छ ।

प्रभु बैंक

प्रभु बैंकले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले वैशाखका लागि व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत तोकेको छ । यो बैंकको अघिल्लो महिना (चैत)को ब्याजदर अधिकतम ७.५ प्रतिशत थियो ।

यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंक लिमिटेडले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले वैशाख महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको छ । यो बैंकको अघिल्लो महिना (चैत)को ब्याजदर अधिकतम ७.५ प्रतिशत थियो ।

यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । बैंकले वैशाख महिनाका लागि अधिकतम ६ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले चैत्र महिनामा अधिकतम ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंक लिमिटेडले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले वैशाख महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.१० प्रतिशत ब्याजदर तोकेको छ । यो बैंकको अघिल्लो महिना (चैत)को ब्याजदर अधिकतम ७.२५ प्रतिशत थियो ।

यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । बैंकले वैशाख महिनाका लागि अधिकतम ६.१ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले चैत्र महिनामा अधिकतम ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

नविल बैंक

नविल  बैंक लिमिटेडले वैशाख महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगत तर्फको अधिकतम ब्याजदर ७.२५ प्रतिशत कायम गरेको छ भने संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ६.२५ प्रतिशत कायम गरेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंक लिमिटेडले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले वैशाख महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.२५ प्रतिशत ब्याजदर तोकेको छ । यो बैंकको अघिल्लो महिना (चैत)को ब्याजदर अधिकतम ७.५ प्रतिशत थियो ।

यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । बैंकले वैशाख महिनाका लागि अधिकतम ६ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले चैत्र महिनामा अधिकतम ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

हिमालयन बैंक

हिमालयन बैंक लिमिटेडले वैशाख महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगत तर्फको अधिकतम ब्याजदर ७.५ प्रतिशत कायम गरेको छ भने संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ६ प्रतिशत कायम गरेको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंक लिमिटेडले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले वैशाख महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.२५ प्रतिशत ब्याजदर तोकेको छ । यो बैंकको अघिल्लो महिना (चैत)को ब्याजदर अधिकतम ७.७५ प्रतिशत थियो ।

यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । बैंकले वैशाख महिनाका लागि अधिकतम ५.५ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले चैत्र महिनामा अधिकतम ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

सिटिजन्स इन्टरनेशनल बैंक

सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले वैशाख महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.५ प्रतिशत ब्याजदर तोकेको छ । यो बैंकको अघिल्लो महिना (चैत)को ब्याजदर अधिकतम ७.७५ प्रतिशत थियो ।

यस्तै बैंकले संस्थागत मुद्दतीतर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंक लिमिटेडले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगततर्फ अधिकतम ६.५३ प्रतिशत ब्याजदर तोकेको छ । चैत्र महिनामा यस बैंकले अधिकतम ७.०१ प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले संस्थागत मुद्दती निक्षेपतर्फ पनि ब्याजदर घटाएको छ । बैंकले संस्थागततर्फ अधिकतम ५.५३ प्रतिशत ब्याजदर तोकेको छ । चैत्र महिनाका लागि अधिकतम ६.०१ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले वैशाख महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.५५ प्रतिशत ब्याजदर तोकेको छ । यो बैंकको अघिल्लो महिना (चैत)को ब्याजदर अधिकतम ७ प्रतिशत थियो ।

यस्तै बैंकले संस्थागत मुद्दतीतर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंक लिमिटेडले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको छ । चैत्र महिनामा यस बैंकले अधिकतम ६.५ प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले संस्थागत मुद्दती निक्षेपतर्फ पनि ब्याजदर बढाएको छ । बैंकले संस्थागततर्फ अधिकतम ६ प्रतिशत ब्याजदर तोकेको छ । चैत्र महिनाका लागि अधिकतम ५.५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here