कोका–कोला नेपालले गर्यो सक्षम २.० मेन्टरशिप प्रोग्रामका विजेता घोषणा

Coca-Cola Nepal Honors Saksham 2.0 Mentorship Program Winners
Coca-Cola Nepal Honors Saksham 2.0 Mentorship Program Winners

२० भदौ, काठमाडौँ । 

एटेलियर प्लेटफर्मसँगको साझेदारीमा कोका–कोलाले सक्षम २.० “योङ्ग उमन आन्टरप्रनियुर्स एक्सेलेरेटर एन्ड मेन्टरशिप प्रोग्राम” सफलतापूर्वक सम्पन्न गरेको छ । यस कार्यक्रम कोका–कोला नेपालको उमन इम्पावरमेन्ट प्रोग्राम, सक्षमको एक महत्वपूर्ण भाग बन्न सफल भएको छ जसले नेपालमा महिला नेतृत्वको स्टार्टअप र सम्भावित उद्यमहरूलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने लक्ष्य राखेको छ ।

यस कार्यक्रमका लागि काठमाडौं, पोखरा र चितवन जिल्लाका गरि ८० भन्दा बढी महिला उद्यमीले आवेदन दिएका थिए । आवेदकहरू मध्यबाट इनोभेटिभ कन्सेप्ट तथा आइडिया सफल हुने सम्भावनाको आधारमा ८ फाइनलिस्टहरु छनोट गरिएको थियो । फाइनलिस्टहरुमा छनोट हुने वृन्दा दिवान – केहिक्राफ्ट्स, मेनुका गुरुङ – डुलुवा आउटडोर्स, प्रकृति बस्याल – साउथ एण्ड साउथ ईस्ट प्रोजेक्ट, राशी महर्जन – लर्नर्स रुम, रोजिना बराल – सर्चड् , सरला महर्जन – बायो–इन्जाइम्स, शान्ति राई – ग्रीनस्पेस नेपाल र यजु महर्जन – स्वच्छ महिनावारी रहेका छन् । एटेलियर प्लेटफर्मकी संस्थापक रितु गुरुङले भनिन्, “एटेलियर कार्यक्रम र कोका–कोलासँगको सहकार्य मार्फत हामी युवा महिला उद्यमीहरूले आफ्ना आकांक्षाहरूलाई वास्तविकतामा परिणत गर्न सक्ने बाटो निर्देशन गरिरहेका छौं । यी उद्यमीहरूले अटल दृढ संकल्प र ज्ञानद्वारा सफलताको गतिशील क्यानभास बनाउँदैछन् । हरेक ब्रशस्ट्रोकले व्यवसायिक नवाचार र रूपान्तरणलाई प्रेरित गर्ने सशक्त महिलाहरूको अविश्वसनीय महत्वाकांक्षाको चित्र चित्रण गर्दछ ।”

काठमान्डौँको माया मनोर बुटिक होटल, हात्तीसारमा आयोजित सक्षम तालिम कार्यक्रम अगस्ट १८, २०२३ मा सम्पन्न भएको हो । महिला उद्यमीहरूका विभिन्न नवीन अवधारणा र व्यावसायिक योजनाहरू दक्ष प्रोफेशनलहरुको प्रतिष्ठित निर्णायक मण्डलमा प्रस्तुत गरिएको थियो । निर्णायकहरुद्वारा गहन मूल्याङ्कन पश्चात् मेनुका गुरुङ– डुलुवा आउटडोर्स, राशी महर्जन– लर्नर्स रुम र सरला महर्जन– सकल नेचुरो मल्टि–पर्पस क्लिनरलाई विजेता घोषित गरिएको थियो ।

प्रत्येकले रु. १ लाखको पुरस्कार प्राप्त गरका थिए । टप तीन विजेताहरूलाई उनीहरूको इनिशिएटिभहरूलाई अगाडि बढाउन र लक्ष्यको नजिक ल्याउन मद्दत पु-याउन समान आर्थिक सहयोग प्रदान गरिएको थियो । बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक दीपक सेन्थिल नाथले भने, “योङ उमन आन्टरप्रनियुर्स एक्सेलेरेटर एन्ड मेन्टरशिप प्रोग्रामले महिला उद्यमशीलतालाई बढावा दिन र नेपालमा दिगो विकासमा योगदान पु¥याउने हाम्रो प्रतिबद्धताको एउटा उदाहरण हो । महिला उद्यमीहरूलाई सशक्तिकरण गर्नु समुदाय र अर्थतन्त्रको समग्र विकासको लागि आवश्यक छ र तपाईँहरुको निरन्तर सहयोग प्रति हामी अत्यन्त आभारी छौं जसले हामीलाई यस्ता प्रोगे्रसिभ प्रोजेक्टहरु सञ्चालन गर्न प्रेरणा दिएको छ ।”

कोका–कोलाले महिलाको आर्थिक सशक्तिकरणमा लगानी गरेर आफ्नो व्यापार विस्तार गर्नुका साथै महिला र उनीहरुका परिवार तथा समुदायलाई उज्वल भविष्यका लागि सक्षम पार्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here