नेपाल लाइफद्वारा रू ६४ लाख २५ हजारका दावी भुक्तानी

Claim payment by Nepal Life

१४ जेठ, काठमाडौं ।

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रू ६४ लाख २५ हजारको दावी भुक्तानी गरेको छ । टीकापुर न.पा ०१, कैलाली घर भएका बीमित नर बहादुर साउदको मिति २०८० साल वैशाख १६ गते क्यान्सरका कारण असामायिक निधन भएको थियो ।

टीकापुरमा आयोजित एक कार्यक्रम बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रू ६४ लाख २५ हजारको चेक मृतकले इच्छाइएको व्यक्ति श्री ज्ञानु देवी साउद (श्रीमती) लाई हस्तान्तरण गर्नुभएको छ ।

आफ्नो जीवनकालमा स्व: नर बहादुर साउदले नेपाल लाइफ इन्स्योरेन्स क.लि टीकापुर शाखा कार्यालयबाट मिती २०७५/०५/१३ गते रु.५०,००,००० बीमाङ्क भएको जीवन बीमा योजना लिनु भएको थियो ।

बीमाङ्क बापतको रकम अन्तर्गत रु. ५०,००,००० र बोनस बापत रु. १४,२५,००० गरी जम्मा रु. ६४,२५,०००इच्छाइएको व्यक्ति (श्रीमती) लाई प्रदान गरिएको छ ।

कागजात प्राप्त भएको पाँच दिन भित्रनै कम्पनीले भुक्तानी गरेको हो । दावी प्रक्रियालाई चुस्त दुरुस्त, छिटोछरितो बनाउन कम्पनीले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here