सिभिल हस्पिटलमा २ करोड ९१ लाखको औषधि घोटाला: आठ कर्मचारीविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
२४ असार, काठमाडौं।
काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) को फार्मेसी शाखामा औषधि खरिद, भण्डारण र व्यवस्थापनमा भएको घोटालामा संलग्न आठ जना कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ।
अस्पतालको फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले औषधि आपूर्तिकर्ता कम्पनीहरूसँग मिलेमतो गरी अस्पतालमा औषधि नै आपूर्ति नभई बिल तथा बिजकलाई सफ्टवेयरमा प्रविष्टि गर्ने, करोडौं रुपैयाँ बराबरका औषधि म्याद गुज्रिएर स्टोर र भर्याङमा थन्किंदा पनि व्यवस्थापन नगर्ने तथा कम्प्युटरमा स्टक देखाइएका औषधि वास्तविक मौज्दातमा नरहेको पाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीपा ढुंगाना, लवेन्द्र कुँवर, दिनेश पन्त, दीपक सापकोटा, विनोद पोखरेल, शर्मिला श्रेष्ठ, केशवराज न्यौपाने र सन्दीप तिवारीविरुद्ध मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध दुई करोड ९१ लाख बिगो कायम गरिएको छ।
For More: Civil Hospital Medicine Scam Nepal


