सिटिजन्स बैंकका ग्राहकलाई भारतको मेदान्त हस्पिटलमा छुट
११ चैत, काठमाण्डौं।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको गुँडगाँवमा रहेको मेदान्त– द मेडिसिटी अस्पतालबीच छुटसम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ।
गुँडगाँव हरियाणास्थित अस्पतालमा भएको उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका हुन्।
Advertisement
सम्झौतापश्चात् अब सिटिजन्स बैंकका कार्डवाहक ग्राहकले अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। यस प्रकारको सहकार्यबाट हालसम्म बैंकका ग्राहक वर्गहरूले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका छन्।
आगामी दिनहरूमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरूलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त भई लाभान्वित हुने विश्वास बैंकले लिएको छ। यो सुविधा सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूले पाउनेछन्।

