सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न
२८ असोज, काठमाडौं।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको २०औँ वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेको अध्यक्षतामा भाग मिलन २०८२ साल आश्विन महिनाको २८ गते, बुधबार, अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको छ।
यस अवसरमा आ.व. २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ। बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको एन.एफ.आर.एस. बमोजिम तयार गरिएको वासलात, आ.व. २०८१/८२ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू सभामा छलफल भई स्वीकृत भएका छन्।
त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ को वितरण योग्य मुनाफाबाट २०८२ आषाढ मसान्तको चुक्तापुँजी रु. १५,५०,०९८,६६९/- को ५.५० प्रतिशतले हुने रु. ८५,२६,५४२? बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२९ प्रतिशतले हुने रु. ३,१०,९५? सहित जम्मा रु. ८८,३७,५? लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ। बैंकको आर्थिक वर्ष ०६५/६६ बाट लगातार लाभांश वितरण गर्दै आएको छ। बैंकको २० वर्षको औसत लाभांश १०.०६ प्रतिशत रहेको छ।
साधारण सभाबाट शेयरधनीहरूबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही सञ्चालन गर्ने र भविष्यमा बैंकको अझ बढी प्रगति हासिल गर्न सबैले निरन्तर सहयोग र सद्भावना गराउनु पर्नेछ।
साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरूमा समेत बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सक्षम तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्ध रहेको कुरा जानकारी गराए।
यसका साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूले पुर्याउनुभएको सहयोगको लागि धन्यवाद व्यक्त गर्दै यस्तै सहयोग तथा सद्भावना निरन्तर प्राप्त हुने आशा व्यक्त गरे।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपे नेपालको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ।
हालसालै बैंकले नयाँ बचत खाता ‘सिटिजन्स जेन-जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजिटल बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। क्रियाशीलहरूलाई लक्षित गरी विशेष ‘क्रियाशील सेविङ अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ ।
साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सी.आर.एन. नम्बर सेवा लिन सकिने सुविधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर शुल्क मात्र समान गरी नगद प्राप्त गर्न सक्ने समेत ल्याएको छ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशभरि ५१ जिल्लामा फैलिएको शाखा सञ्जाल २०० वटा शाखा, १६७ वटा ए.टी.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ इकाइबाट २० लाख ७५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।
For More: Citizens Bank 20th AGM

