पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाराजगञ्जबाट पक्राउ
११ असोज, काठमाडौं।
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले काठमाडौंको महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको छ।
प्रहरीले जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित उनको निवासबाटै पक्राउ गरेको हो। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
प्राप्त जानकारी अनुसार जबराविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको थियो। प्रहरीले पक्राउ गरे पनि उहाँविरुद्ध लागेको अभियोग र अन्य विवरणबारे थप जानकारी सार्वजनिक गर्न बाँकी रहेको छ।
For more: Cholendra Shumsher JB Rana Arrested
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सुरक्षा खतराका कारण प्रहरी नियन्त्रणमा। जबरालाई सुरक्षा थ्रेटको कारण देखाउँदै प्रहरीले महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिई अपराध अनुसन्धान कार्यालय टेकुमा राखेको छ।

