सनराइज बैंक लिमिटेडद्वारा नवजीवन परोपकारलाई सहयोग

Share It On:

काठमाडौं, बैशाख ।

सनराइज बैंक लिमिटेडद्वारा सडक तथा असहाय व्यक्तिहरुको संरक्षण र सहायताका निम्ति काम गर्दै आएको गैर सरकारी संस्था नवजीवन परोपकार समाजलाई बैंकको संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत रु. २५०,०००।– नगद सहयोग प्रदान गरेको छ ।

सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा भएको एक कार्यक्रममा नवजीवन परोपकार समाजका अध्यक्ष श्री दुर्गानाथ दाहाल तथा बैंकका संचालक समितिका सदस्य श्रीमती शारदा शर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य, वरिष्ठ नायव महाप्रबन्धक श्रीमती आशा राणा अधिकारी लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सडकपेटीमा अलपत्र परेका बृद्धबृद्धा, बालबालिका तथा विभिन्न अस्पतालहरुमा रहेका बेवारिसे अवस्थाका बिरामीहरुका लागि मनमैजु खुलाटार, तारकेश्वर नगरपालिका वडा नं. ७ काठमाडौंमा नवजीवन आदर्श आश्रम निर्माण गर्न यस बैंकले नवजीवन परोपकार समाजलाई सहयोग रकम हस्तान्तरण गरेकोे हो ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *