ओपोले ल्यायो रमजानको अवसरमा डिस्काउण्ट अफर

A3s Price Revision in oppo

जेठ१, काठमाडौं ।

वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा रमजानको अवसर पारी आफ्ना दूई लोकप्रियमोडलमा मूल्य समायोजनको घोषणा गरेको छ । ओपोले ए७ (४+६४ जीबी) र एथ्रीएस (२+१६जीबी) भ्यारियण्टलाई नयाँआकर्षक अफर मूल्यमा उपलब्ध गराएको हो । रमजानअफर अन्तर्गत अब यी फोनहरु क्रमशः रु. २७,९९० र रु. १५,९९० मा उपलब्ध हुनेछन् ।

अगस्ट २०१८ मा सार्वजनिक ए३एस दक्षिण एसियाली बजारमा १३+२ एमपी डुअल रियर क्यामेरा र ८ एमपीएआई सक्रिय फ्रण्ट क्यामेरा तथाफुल स्क्रिन सहित सार्वजनिक पहिलो उपकरण हो ।यो फोन विशेष गरी मितब्ययी मूल्यमा अत्याधुनिक प्रविधि समायोजित स्मार्टफोन चलाउन चाहनेहरु लक्षित गरी सार्वजनिक गरिएको हो । त्यसैगरी, ए७ भने बिगर ब्याट्री फोनका रुपमा नोवेम्बर २०१८मा सार्वजनिक गरिएको थियो । ए–सिरिज अन्तर्गत सार्वजनिक यी दूबै फोन नेपालमा सर्वाधिक विक्रि हुन सफल फोन मध्यका हुन् ।

मितब्ययी मूल्यमै फोनमा उपलब्ध गरिएका मोबाइल फोटोग्राफी अन्तर्गतका नवप्रर्बतन तथा उच्च अत्याधुनिक प्रविधिका लागि यिनले उपभोक्ता माझ निकै लोक प्रियता पायो । शक्तिशाली ब्याट्री सहित सार्वजनिक गरिएका दुबै फोन यूवा पुस्ता र तिनमा पनि विशेष गरी कलेज जाने पुस्तामाझ लोकप्रिय रहेका छन् ।

४ हजार २ सय ३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री सहितको ओपो ए७ मा उपभोक्ताको प्राकृतिक तथा गुणस्तरिय तस्विर खिच्ने चाहना पुरा होस् भन्ने सोचका साथ १६ एमपी फ्रण्ट क्यामेरा (एआई २.० सहितको) र १३+२एमपी डुअल रियर क्यामेराको ब्यवास्था गरिएको छ । त्यसैगरी, ओपो एथ्रीएसमा भने १३+२ एमपी डुअल रियर क्यामेराका साथमा ८ एमपीएआई सक्रिय गरिएको फ्रण्ट क्यामेरा दिइएको छ । फोनमा सुपर फुल स्क्रिनका साथमा एआई ब्यूटी प्रविधि पनि उपलब्ध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here