शुक्रवारदेखि बिराटनगरमा आइसिटी स्टार्टअप एण्ड इनोभेसन आयोजना हुदै

२५ बैशाख, २०७६, बिराटनगर

सूचना प्रविधिको क्षेत्रमा अग्रणी मिडियाको रुपमा स्थापित लिभिङ विथ आइसिटीले यहि बैशाख २७ र २८ गते शुक्रवार र शनिवार फ्युज मेसिन आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला इन एसोसिएसन विथ ब्रोडवे इन्फोसिसको आयोजना गरिरहेको छ । बिराटनगर स्थित होटल स्र्टन स्टारमा आयोजना हुने कार्यक्रममा स्टार्टअप कम्पनी र आइटी विद्यार्थीका प्रडक्ट तथा इनोभेसनहरु प्रदर्शनमा रहनेछन ।

आइसिटी अवार्ड २०१९ को प्रि इभेन्ट क्याम्पियनको रुपमा बिराटनगर, बुटवल र नारायणगणमा स्टार्टअप एण्ड इनोभेसन मेला आयोजना हुदैछ । बिराटनगर पश्चात जेष्ठ १० र ११ गते बुटवलमा र जेष्ठ १७ र १८ गते नारायणगणमा कार्यक्रम आयोजना हुनेछ । स्थानिय स्तरमा यहि बसेर आइटीमा केहि गर्ने सोच बनाएर काम गरिरहेका युवाहरुलाई प्रोत्साहन गर्दै इनोभेसन र उद्यमशिलतालाई प्रोत्साहन गर्ने उदेश्यले कार्यक्रमको आयोजना भइरहेको छ । यस मेलामा सूचना प्रविधि क्षेत्रका सफ्टवेयर, एप्लिकेशन, आइओटी, सर्भिस र आइटी शिक्षाका स्टलहरु रहनेछन । ४० वटा स्टलमा विभिन्न कम्पनीका प्रडक्ट र विद्यार्थीका प्रोजेक्टहरु प्रदर्शनमा रहनेछन । यसका साथै कार्यक्रममा रोबोट कुस्ती समेत सञ्चालन हुनेछ ।

कार्यक्रमको दोश्रो दिन अर्थात शनिवार आइसिटी कन्फ्रेन्सको आयोजना हुनेछ । कन्फ्रेन्सको पहिलो सेसनमा स्थानिय स्तरमा उद्यमशिलता तथा स्टार्टअपका समस्या, चुनौती र अवसरहरुका बारेमा छलफल र प्यानल डिस्कसन हुनेछ भने दोश्रो सेसन नयाँ प्रविधि र ट्रेन्ड्सका बारेमा कार्यपत्रहरु प्रस्तुत हुनेछन । सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटी, आइओटी र उद्यमशिलताका विषयमा काठमाण्डौबाट आउने विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन । कन्फ्रेन्समा सहभागी हुनको लागि रु १ हजार रुपैया तिर्नुपर्ने तर प्रदर्शनी हेर्नको लागि सबैलाई निशुल्क प्रवेश गराइनेछ ।

सूचना प्रविधि क्षेत्रमा अग्रणी मिडियाको रुपमा स्थापित लिभिङ विथ आइसिटीले प्रविधि क्षेत्रको देशकै प्रतिष्ठित र ठूलो अवार्डको रुपमा हरेक वर्ष ‘आइसिटी अवार्ड’ आयोजना गर्दै आइरहेको छ । चौथो संस्करणको आइसिटी अवार्ड साउन ३२ गते काठमाण्डौमा हुनेछ भने जेष्ठ १ गतेदेखि अनलाइन नोमिनेशन खुल्ला हुनेछ । अवार्डकै तयारी स्वरुप देशका विभिन्न स्थानमा आइीसटी स्टार्टअप एण्ड इनोभेसन मेलाको आयोजना भइरहेको हो ।

शुक्रवारदेखि सुरु हुने इनोभेसन मेलाको उदघाटनमा मुख्यमन्त्री शेरधन राईज्यु सहित विशिष्ट व्यत्तिहरुको उपस्थिती हुनेछ भने दोश्रो दिन कन्फ्रेन्समा प्रदेश सरकारका मन्त्रीहरु सहित विज्ञहरुको समेत सहभागिता रहनेछ । यस कार्यक्रमलाई फ्युज मेशिन नेपाल आइटी कम्पनीले मुख्य प्रायोजन गरेको छ भने ब्रोडवे इन्फोसिस इन एसोसिएसनमा रहेको छ । सहयोगी सस्थाहरुमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, पुसेट कलेज, प्याप्सन, इस्टर्न इन्जिनियरिङ कलेज, के सेभेन, मितेरी विकास बैंक, पिडिएमटी, के सेभेन रहेका छन । यसैगरी बिराट श्रितिज कलेज, म्याक्स कनेक्ट, डाइनामिक टेक्नोसफ्ट, वल्र्डलिंक, एडुसञ्जाल, अर्थसरोकार, क्यान मोरङ, ओबी लगायत रहेका छन । यसैगरी कार्यक्रम आयोजनामा स्थानिय कम्पनीहरु पाइला टेक्नोलोजिज, नेटवर्क सोलुसन्स, पिसिआरटी, सिपिएन इन्फोटेक, टेक्नोरियो र स्मार्ट इनोभेसन रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here