नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा राम बहादुर मानन्धर चयन

NCHL Chairman

८ चैत २०७७, काठमाडौं ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १६९ औं संञ्चालक समितिको बैठकबाट राम बहादुर मानन्धरलाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ ।

सो सम्बन्धमा डेप्युटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाज्यू सँग आजको औपचारिक कार्यक्रममा वहाँले अध्यक्ष पदको लागि सपथ ग्रहण गर्नुभएको छ । तत्कालीन अध्यक्ष श्री नरेश शाक्यज्यूको नेपाल राष्ट्र बैंक भित्र विभाग परिवर्तन भए पश्चात श्री मानन्धरज्यूले क्लियरिङ्ग हाउसमा प्रतिनिधित्व गर्नु भएको हो ।

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक र वित्तीय कम्पनीबाट एक¬–एक जना प्रतिनिधि रहेका छन् ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो । यसको NCHL-ECC, NCHL-IPS, connectIPS, connectRTGS, NPI र CORPORATEPAY प्रणाली सञ्चालनमा रहेका छन् ।

थप जानकारीका लागि www.nchl.com.np मा हेर्नुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here