CFMOTO को ‘मनसुन केयर क्याम्प’ सुरु: पार्ट्स र लेबर चार्जमा भारी छुटको अवसर
२१ वैशाख, काठमाडौं।
CFMOTO का नेपालका आधिकारिक वितरक Rishi Trade Center ले ग्राहकहरूको सुविधा तथा आगामी वर्षायाममा सुरक्षित र भरपर्दो सवारी अनुभव सुनिश्चित गर्ने उद्देश्यले विशेष CFMOTO मनसुन केयर क्याम्प सञ्चालन गर्ने घोषणा गरेको छ।
उक्त सेवा अभियान २० गतेदेखि २५ गते बैशाख २०८३ सम्म CFMOTO Service Center मा सञ्चालन हुनेछ।
अभियान अवधिभर ग्राहकहरूले निम्न विशेष सुविधाहरू प्राप्त गर्न सक्नुहुनेछः
रेगुलर पार्ट्समा १०% छुट
बडी पार्ट्समा २०% छुट
लेबर चार्जमा ५०% छुट
लुब्स / लुब्रिकेन्टमा ५% छुट
निःशुल्क बाइक वास
यो मनसुन केयर क्याम्पमार्फत CFMOTO र Rishi Trade Center ले ग्राहक सन्तुष्टि, गुणस्तरीय बिक्रीपछिको सेवा तथा सवारी सुरक्षाप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेका छन्।
वर्षायाम सुरु हुनुअघि मोटरसाइकलको आवश्यक जाँच तथा मर्मतका लागि यो अभियान उत्कृष्ट अवसर हुने विश्वास गरिएको छ।
सम्पूर्ण CFMOTO ग्राहकहरूलाई समयमै सेवा केन्द्रमा उपस्थित भई यस सीमित अवधिको विशेष अफरको लाभ लिन हार्दिक अनुरोध गरिन्छ।
थप जानकारीका लागि CFMOTO नेपालका आधिकारिक माध्यमहरू वा नजिकको प्रतिनिधिसँग सम्पर्क गर्नुहोस्।
For more: CFMOTO Monsoon Care Camp 2026


