CFMOTO 250 Dual बुकिङमा विशेष अफर: नगद छुट र १ लाख जित्ने मौका
२२ वैशाख, काठमाडौं।
नेपालमा CFMOTO मोटरसाइकलको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ग्राहकहरूको उत्साहजनक प्रतिक्रिया मध्यनजर गर्दै CFMOTO 250 Dual मोडेलका लागि नयाँ सुविधा सार्वजनिक गरेको छ।
अब ग्राहकहरूले बुकिङ गरिसकेपछि पनि प्रचलित अफर सुनिश्चित गर्न सक्ने व्यवस्था लागू गरिएको जानकारी गराइएको छ।
यो निर्णय बजारमा बढ्दो माग र ग्राहकको विश्वासलाई सम्मान गर्दै लिइएको हो। धेरै ग्राहकहरूले प्रारम्भिक चरणमै बुकिङ गरे पनि अफर छुट्ने चिन्ता व्यक्त गरिरहेका थिए।
उक्त समस्या समाधान गर्न कम्पनीले बुकिङलाई नै अफर सुरक्षित गर्ने माध्यमको रूपमा स्थापित गरेको छ।
योजनाका प्रमुख विशेषताहरू तथा अफरहरू:
- बुकिङ गरेसँगै सो समयमा लागू अफर सुनिश्चित हुने
- Cash तथा Finance खरिदमा रु. 8,300 सम्म नगद छुट
- Exchange मा रु. 15,000 बराबरको Value Addition अफर
- Lucky Draw मार्फत एक जना भाग्यशाली ग्राहकलाई रु. 1,00,000 Cash Back
- सीमित स्टकका कारण अफर छुट्ने जोखिम न्यूनीकरण
- ग्राहकलाई स्पष्टता र विश्वास प्रदान गर्ने ग्राहक–मैत्री नीति
- कम्पनीका अनुसार, यस पहलले ग्राहक सन्तुष्टि बढाउने मात्र नभई ब्रान्डप्रति दीर्घकालीन विश्वास निर्माण गर्न सहयोग पुर्याउनेछ।
CFMOTO 250 Dual आफ्नो दमदार परफर्मेन्स, एडभेन्चर-रेडी डिजाइन र आधुनिक फिचरका कारण नेपाली बजारमा तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ। कम्पनीले आगामी दिनमा पनि यस्तै ग्राहक–केन्द्रित योजनाहरू ल्याउने प्रतिबद्धता जनाएको छ।
For more: CFMOTO 250 Dual Offer Nepal


