दसौं संस्करणको ‘क्यान इन्फोटेक’ सुरु

CAN InfoTech Pokhara 2019

पोखरा, २० फागुन ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले आयोजना गरेको दसौं संस्करणको ‘क्यान इन्फोटेक’को सोमबार सुरु भएको छ ।  गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले पोखरामा आइटी पार्क बन्ने बताउनुभएको छ । पोखरामा क्यान इन्फोटेक २०१९ को उद्घाटन गर्दै मन्त्री चुमानले यस्तो जानकारी दिनुभएको हो । उक्त अवसरमा बोल्दै उनले २१औं सताब्दीलाई सूचना प्रविधिले नेतृत्व गर्दै आइरहेको बताए ।

सूचना तथा प्रविधिका क्षेत्रमा चासो राख्नेहरुलाई लक्षित गरी पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित क्यान इन्फोटेक फागुन २५ गतेसम्म चल्नेछ । कम्प्यूटर तथा सूचना प्रविधि सम्बन्धी भएका अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिंदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पु¥याउने लक्ष्यले इन्फोटेक आयोजना गरिएको अध्यक्ष युवराज पौडेलले जानकारी दिए ।

Watch the Video : https://www.youtube.com/watch?v=VOS-3jxf720&feature=youtu.be

For more details: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here