क्यान इन्फोटेक २०२२ अर्को निर्णय नभए सम्मको लागि स्थगित

CAN Infotech 2022 postponed until further notice
Share It On:

२८ पुस २०७८, काठमाडौं ।

सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले सन १९९५ देखि बर्षेनी आयोजना हुदैं आएको क्यान इन्फोटेकको २७ औं संस्करण मिति २०७८ साल माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने गरि संपुर्ण तयारी गरि सकिएकोमा कोभिड-१९ को तेश्रो लहर, काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा व्यापकरुपमा फैलिएको संक्रमण, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पछिल्ला सिफारिस तथा निर्णयहरु, नेपाल सरकार गृह मन्त्रालय एवं  काठमाडौं उपत्यका अन्तर्गतका जिल्ला प्रशासन कार्यालय लगायत कोभिड नियन्त्रण सम्बन्धी नेपाल सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा राख्दै क्यान इन्फोटेक २०२२ का प्रायोजक, प्रदर्शनीकर्ता, सहयोगी तथा सरोकारवालाहरुसंगको परामर्शमा अर्को निर्णय नभएसम्मको लागि हाललाई स्थगित गरिएको छ ।

२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज (एससिटी) का साथै सुचना तथा संचार प्रविधि सम्बन्धि अन्य कम्पनि तथा संस्थाहरुको सहभागिता रहने गरी संपुर्ण तयारी पुरा भएको थियो ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *