CAN FEDERATION जाजरकोट को अध्यक्षमा हेमन्त कुमार खत्री

जाजरकोट ,३ असोज । कम्प्यूटर एशोसियन नेपाल महासंघ शाखा कार्यालय जाजरकोटको अध्यक्षमा हेमन्त कुमार खत्री निर्बाचित भएका छन । बुधवार जिल्ला सदरमुकाम खलंगाम भएको जिल्ला भेला बाट खत्रि सहित ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसमा उपाध्यक्ष मिलन प्रकाश चन्द सचिवमा बालकृष्ण नगरकोटी ,सह–सचिव बिनाराम केसी, कोषध्यक्ष धनरुपा सिंह , सदस्यमा बिनाेद कुमार घर्ती  सरोध शर्मा ,लोकेन्द्र शाह ,प्रेम खडका लगाएतको कार्य समिति सर्बसहमती बाट चएन भएको कर्णाली प्रदेश कम्प्यूटर एशोसियन नेपाल महासंघ (क्यान) अध्यक्ष पूर्ण प्रसाद अधिकारी ले जानकारी दिए ।

जाजरकोट जिल्लाम सञ्चालनमा रहेका स्थानीय तहरुको सुचना जनतामाज छिटो छरितो उपल्बध गराउनको लागि , नया प्रबिधीलाइ स्थानीय तह संग समन्वय गरि अगाडि बढनको लागि हाल ५६ ओटा जिल्लामा शाखा कार्यालय सञ्चालन भएको हाल कर्णाली प्रदेशको ,सुर्खेत ,सल्यान ,रुकुम र जाजरकोट जिल्लामा शाखा सञ्चानल गर्न लागेको अध्यक्ष अधिकारीले जानकारी दिए । साथै गठन भएको कार्य समितिले आजौ पत तथा गोप्नीयताको सफत समेत लीएका थिए । जिल्लाको पहिलो पटक कार्य समिति चएन भएकोमा आगामि कार्यकालमा समुदायमा प्रहरीमा सहकार्य हात्यमालो गरेर काम गर्ने बताए साथै जिल्ला प्रहरी कार्यालय जाजरकोटको तर्फ बाट सहयोग गर्न तपर रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका नि. कार्यालय प्रमुख लोक बहादुर बिष्टले जानकारी दिए ।

Source: http://visionkhabar.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here