ओपोद्वारा ‘ओपो तीज सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत

OPPO Teej Selfie Contest

असोज २, काठमार्डौ ।
ओपोले नेपाली चाड, तीजका अवसरमा आयोजित ‘ओपो तीज सेल्फी कन्टेष्ट’का विजेताहरु लाई पुरस्कार हस्तान्तरण गरेको छ । काठमाडौंको कमलपोखरी स्थित आफ्नै ग्राहकसेवा केन्द्रमा एक कार्यक्रमको आयोजना गरी ओपोले विजेताहरुलाई परस्कृत गरेको हो । ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेका थिए । कम्पनीका अनुसार आफ्ना आदर्णिय उपभोक्ताहरु संग ‘तीज’को खुशी साट्ने सोचका साथ सो सेल्फी प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा उल्लेख्य  सहभागिताका लागि हामी हाम्रा समस्त आदर्णिय उपभोक्ता प्रति कृतज्ञ छौँ’, पुरस्कार वितरण कार्यक्रममा सबै विजेताहरुलाई बधाई दिँदै प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने,‘भविष्यमा अझ रोचक तथा आकर्षक प्रतियोगिता तथा क्याम्पेनहरुका साथ उपभोक्ताको थप नजिक हुन हामीलाई यसले अझ प्रोत्साहित गरेको छ ।’ भाद्र २८ देखि ३१ सम्मचार दिनका लागि सञ्चालित उक्त प्रतियोगितामा सन्देश, कमेण्ट लगायत विभिन्न माध्यमबाट आफ्नो सेल्फी पठाइ ईच्छुकहरुले उत्साहजनक सहभागिता जनाएका थिए ।

कन्टेष्टका विजेताका रुपमा प्रकृती ढुङना, स्मृति श्रेष्ठ र सरिना गुरुङ छनोटमा परेका थिए ।विजेताहरुलाई कम्पनीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्पियर प्रदान गरिएको छ । प्रतियोगिता अन्तर्गत कम्पनीले ईच्छुकलाई आफ्ना तीज सम्बन्धित सेल्फी  ह्यासट्याग ओपो एफ नाइन तथा ह्यासट्याग माईती जएनपी सहित पोष्ट गर्न आग्रह गरेको थियो । यसरी नियमबद्ध पोष्ट गरिएका तस्विर मध्यबाट कम्पनी ३ विजेताको छनोट गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here