बुद्ध एयरले दियो नमूना जहाज बनाउने अभयलाई १ लाख

Buddha Air gave Abhay one lakh to create the model airplane

१७ जेठ, काठमाडौं । 

बुद्ध एयरले  नमूना जहाज बनाएर आकाशमा उडाउने चितवनका अभय परियारलाई  सम्मान गरेको छ । बुद्ध एयरको एटिआर ४२ जहाजको नमूना बनाएर आकाशमा उडाउने परियारलाई बुधबार बुद्ध एयरले नगदसहित सम्मान गरेको हो ।

१८ वर्षीय अभयको प्रतिभालाई प्रोत्साहन गर्न एक लाख नगदसहित सम्मान गरेको बुद्ध एयरले जानकारी दिएको छ। बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले परियारलाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरेका हुन्।

कम्पनीले उनलाई एक लाख नगद पुरस्कार प्रदान गरेको प्रवक्ता दीपेन्द्र कर्णले बताए। ‘हामी उहाँको मेहनतका लागि धन्यबाद दिन चाहान्छौं। उहाँको उज्वल भविष्यको कामना गर्न चाहान्छौं,’ बुद्ध एयरले भनेको छ।

#BuddhaAir

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here