Brother Print Expo भव्यताका साथ सम्पन्न

Printer Expo Nepal
Share It On:

१ फागुन २०७९, काठमाडौं ।

सागर ग्रुपको काठमाडौँ न्युरोड गेटमा रहेको बलियो आइ.टी. टावरमा सञ्चालित Brother Print Expo 2023 सफलताका साथ सम्पन भएको छ ।

झन्डै ७ दिन सम्म भएको उक्त एक्स्पोमा अवलोकन कर्ताहरूको निकै उत्साहजनक उपस्थिति रहेको सागर ग्रुपले जनाएको थियो ।

काठमाडौँ सहित नेपालभर रहनु भएको ३०० भन्दा बढी Dealers, Corporate Customers, Visitors  हरूले प्रदर्शनीमा राखिएका ब्रान्ड तथा Product हरूको जानकारी लिनुका साथै उपस्थित महानुभावहरूलाई आकर्षण उपहार, नियमित छुट भन्दा बढी छुटको व्यवस्था गरिएको थियो । दैनिक सयौँको  सङ्ख्यामा डिलर, कर्पोरेट कार्यालयका प्रतिनिधि  र ग्राहकहरूको उपस्थिति रहेको थियो ।

Brother Print Expo

अवलोकन कर्ताहरुले ब्रान्ड तथा प्रडक्टहरूको विशेषता यसको प्रयोग लगायत वर्तमान समयमा आएको प्रविधि विकास बिस्तार बारे परामर्श लिन पाएकोमा खुसी व्यक्त गरेका थिए ।

यस “Brother Print Expo-2023” को मुख्य उद्देश्य वर्तमान समयमा सूचना प्रविधिको विकास एवम् विस्तार तथा सूचना प्रविधिमा आएको परिवर्तन,नयाँ आविष्कार अनुभव र विशेष गरी प्रिन्टिङ क्षेत्रमा सागर ग्रुपको लामो समयको अनुभव यसको समाधानको लागि अनवरत सहयोग गर्नुहुने Dealers तथा Customers बिच अनुभवहरू,सुझाव तथा सल्लाहलाई आदान-प्रदान गर्नुका साथै नयाँ Dealers र Customers वर्गहरू सँग नयाँ सम्बन्ध बिस्तार तथा प्रेरणा प्रदान सहित उत्प्रेरित गरिएको थियो।

अवलोकन कर्ताको उल्लेखनीय उपस्थिति रहेको उक्त एक्स्पो २०७९ माघ २४ गते देखि फाल्गुन १ गते सम्म चलेको थियो।

उक्त एक्स्पो लाई सफलताका साथ सम्पन गर्न सहयोग गर्नुहुने सबै पक्ष लाई हार्दिक धन्यवाद सहित आगामी दिनमा पनि यस्तै विविध कार्यक्रम लाई परिमार्जित गर्दै समय अनुसार अगाडी बढ्ने सागर ग्रुपले जनाएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *