एशियन पेन्ट्स र नबिल बैंकबीच च्यानल फाइनान्सिङको सम्झौता

Asian Paints Nepal, Nabil bank ink deal to provide ‘channel financing’
Share It On:

३१ जेठ, काठमाडौं ।

नबिल बैंक र एसियन पेन्ट्सबीच च्यानल फाइनान्सिङ सुविधाका सहकार्य गरिएको छ । च्यानल फाइनान्सिङ सहकार्य सम्बन्धमा सोमबार दुई पक्षीय समझदारी गरिएको हो ।

एशियन पेन्ट्स नेपाल र नबिल बैंकबीच हालसालै नेपालभर रहेका एशियन पेन्ट्सका डिलरहरुलाई च्यानल फाइनान्सिङको लाभ प्रदान गर्ने सम्बन्धमा एक सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा एशियन पेन्ट्स नेपालको तर्फबाट कन्ट्रि डाइरेक्टर गोपालकृष्णन र नबिल बैंकको तर्फबाट सिइओ ज्ञानेन्द्र प्रसाद ढुँगानाले काठमाडौंमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका थिए ।

सुस्त आर्थिक अवस्था र समग्र बैंकिङ्ग तरलतामा देखा परेको संकटको सामना गर्दै नेपालले अहिले विभिन्न आर्थिक चुनौतीहरुको अवस्थाबाट गुज्रिरहेको छ । निर्माण क्षेत्र, जुन विकासको प्रमुख आधार हो, त्यसमा समेत पर्याप्त तरलता अभावको कारण मन्दी छाएको छ ।

यसबाट पेन्ट व्यवसाय समेत गहन मारमा परेको छ भने निर्माण क्षेत्र र समयमै वक्यौता असुलीमा समेत असर पर्न गएको छ । उद्यपि, यी विविध कठिनाइहरुका बावजुद पनि डिलरहरुको हितमा “च्यानल फाइनान्सिङ” एक आशाको रुपमा देखा परेको छ ।

च्यानल फाइनान्सिङ एक त्यस्तो कार्यक्रम हो, जसले बैंकहरुबाट अत्यावश्यक तरलता सहायता प्रदान गर्दछ, र अहिलेको चुनौतीपूर्ण अवस्थामा चालू पूँजीको व्यवस्था गर्न समस्या परिरहेका व्यवसायहरुलाई टेवा प्रदान गर्दछ । डिलरहरुले अब प्रतिस्पर्धात्मक ब्याजदरमा आवश्यक रकमको व्यवस्था गर्न सक्दछन् जसबाट उनीहरु आर्थिक मन्दीमा अझ प्रभावकारी ढँगबाट अघि बढ्न सक्षम हुनेछन् ।

थप के छ भने, यो कार्यक्रमले डिलरहरुलाई धरौटी राखेर अधिक कर्जा सीमाहरुको पनि व्यवस्था गरिदिएको छ । यो कर्जा विस्तारका विकल्पहरुले डिलरहरुलाई उनीहरुको व्यवसाय कायम राख्न र त्यस्को वृद्धि गर्न आवश्यक लचकता प्रदान गर्दछ ।

यसका अतिरिक्त, प्रतिस्पर्धात्मक ब्याजदरमा च्यानल फाइनान्सिङले डिलरहरुलाई अन्य लाभहरुको अवसर पनि प्रदान गरेको छ । त्यस्तो लाभहरु मध्ये एक निर्धारित कर्जा प्रशोधन शुल्कको तुलनामा यसको कर्जा प्रशोधन शुल्क न्यून हुनु हो । यसरी खर्चमा कमी आउनाले डिलरहरुलाई आर्थिक सहायता खोज्न र उनीहरुको कार्यहरुको दायरा फराकिलो बनाउन अझ बढी सम्भव बनाइदिन्छ ।

यसका साथै डिलरहरुले उपलब्ध सीमाको हदमा रहेर चाडपर्व वा समयानुकूल आवश्यकताहरु परिपूर्ति गर्नका लागि तदर्थ वा अस्थायी सीमाहरुमा पहुँच राख्न सक्दछन् । यसप्रकारको सुविधाजनक लचिलोपनाले व्यवसायीहरुलाई अवसरहरुको फाइदा उठाउन र बजारको मागलाई अझ बढी प्रभावकारी रुपमा समायोजन गर्न सक्षम बनाउँछ ।

डिलरहरुलाई थप प्रोत्साहित गर्नु पर्ने आवश्यकतालाई मध्यनजर राख्दै बैंकहरुले स्विचिङलाई प्रोत्साहन दिन आकर्षक योजनाहरु प्रस्तुत गरेका छन् । डिलरहरुले अब न्यून लागतमा बैंक बदल्न सक्नेछन् भने साथै फ्रि क्रेडिट कार्डहरु र घातक रोग बीमा कभरेज सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन् । यसबाट डिलरहरुका लागि मुल्य प्रस्ताव मात्र बढ्ने नभई बैंकिङ्ग संथाहरुसंग उनीहरुको सम्बन्ध पनि प्रगाढ हुनेछ ।

यो सुविधाले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन अनुरुप नै सम्पूर्ण खरिद बिक्रीको भुक्तानी प्रक्रिया बैंक खाता मार्फत मात्रै हुने प्रमुख कार्यकारी अधिकृत ढुंगानाको भनाइ थियो।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *