एसियन लाईफका भुक्तानीहरु अब पूर्ण स्वचालित हुने

NCHL-IPS

२३ वैशाख, २०७८ काठमाडौं  ।

एसियन लाईफ इन्स्युरेन्सले आफ्ना सम्पूर्ण भुक्तानीहरु एन.आइ.सि. एसिया बैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने गरी एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस (NPI) मा आबद्ध भएको छ । । सोहि अनुसार एसियन लाईफले आजबाट कारोबार सुचारु गरेको छ ।

यसरी NPI मा रहेका Connect-IPS तथा NCHL-IPS प्रणालीहरु मार्फत स्वचालित रुपमा एसियान लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु गर्न सक्नेछ । एसियन लाईफले बीमा प्रिमियम संकलनका लागि पहिले देखि नै विभिन्न डिजिटल माध्यमको प्रयोग गर्दै आएको थियो भने यस व्यवस्था पछी कम्पनीको सेवा सञ्चालन थप छरितो र सहज हुनुका साथै कम्पनीको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रकृया पनि थप व्यवस्थित हुने विश्वास गरिएको छ । साथै लाभग्राहीले कम्पनीबाट भुक्तानी प्राप्त गर्न कम्पनी नै पुग्नु पर्ने वा चेक लिनु पर्ने व्यवस्थाको पनि अन्त्य भई भुक्तानी सोझै आफ्नो बैंक वित्तिय संस्थाको खातामा प्राप्त गर्न सक्ने छन् ।

एसियन लाईफ सँगै २८ जीवन तथा निर्जीव बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क (प्रिमियम) को संकलन हाल अनलाइन मार्फत connect-IPS, e-Payment बाट भइरहेको छ भने ६ वटा बीमा कम्पनी भने NPI प्रणालीमा आबद्ध भैसकेका छन् । NPI नेपाल क्लियरिङ्ग हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरी सञ्चालनमा रहेको छ जसमा हाल ६१ सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी /  पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ५६ गैर-बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट / प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

एसियन लाईफ इन्स्युरेन्स प्रख्यात व्यावसायिक तथा व्यक्तिगत प्रवर्तकहरुद्वारा प्रवद्र्धित कम्पनी हो । १४ वर्ष भन्दा बढीको सञ्चालन अवधिमा एसियन लाईफले आफ्ना १४६ शाखाहरु तथा ९३ हजार भन्दा बढी एजेन्टहरु मार्फत ५ लाख ६८ हजार भन्दा बढी बीमा कर्ताहरुलाई बीमा सम्बन्धी विभिन्न सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here