पठाओ नेपालको नेतृत्वबाट बाहिरिए अशीममान सिंह
२३ वैशाख, काठमाडौं।
पठाओ नेपालका प्रबन्ध निर्देशक अशिममान सिंह बस्न्यात कम्पनीको नेतृत्वबाट बाहिरिएका छन् । कम्पनीले सार्वजनिक गरेको विदाई सन्देशमार्फत उनले नेतृत्व छाडेको पुष्टि गरेको हो ।
सन् २०१८ मा नेपालमा प्रवेश गरेको पठाओलाई प्रारम्भिक चरणदेखि नै नेतृत्व गर्दै आएका सिंहले देशको मोबिलिटी क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । नेपालमा राइड सेयरिङ÷राइड हेलिङ सेवाको विस्तार र लोकप्रियतामा उनको नेतृत्व निर्णायक मानिन्छ ।
पठाओले ‘असम्भव जस्तो लागेको विचारलाई व्यवहारमा उतार्दै’ कम्पनीलाई स्थापित ब्रान्ड बनाउन सिंहको योगदान उल्लेखनीय रहेको जनाएको छ । कम्पनीले उनलाई केवल व्यवसाय निर्माणकर्ता मात्र नभई नेपालको स्टार्टअप इकोसिस्टममा नवप्रवर्तन, विश्वास र उद्यमशीलताको संस्कृति विकास गर्ने व्यक्तित्वका रूपमा चित्रण गरेको छ ।
उनको नेतृत्वमा पठाओले नेपाली बजारमा राइड हेलिङ सेवाको नयाँ मानक स्थापित गर्दै सेवाको मागलाई तीव्र रूपमा बढाएको थियो । सिंह पछिल्लो समय सार्वजनिक जीवनमा पनि सक्रिय देखिएका थिए । उनी गत प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका थिए ।
कम्पनीले उनको विदाइसँगै भविष्यका लागि शुभकामना व्यक्त गर्दै उनको योगदानलाई संस्थाको आधारको रूपमा स्मरण गर्ने उल्लेख गरेको छ ।
For More:-Asheem Man Singh Pathao


