ग्लोबल आइएमई र बीओकेको सम्पूर्ण बैंकिङ कारोबार दुई दिन बन्द हुने

Global IME Bank in for customer awareness

२२ पुस २०७९, काठमाडौं।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) को सम्पूर्ण बैंकिङ कारोबार दुई दिन बन्द हुने भएको छ । ग्लोबल आइएमई र बीओके यहीँ आउँदो पुस २५ गतेदेखि एकीकृत कारोबारमा जानेभएसँगै प्राविधिक तयारीका लागि पुस २३ र २४ गते (शनिबार र आइतबार) दुबै बैंकको कारोबार बन्द हुने भएको हो ।

योसँगै मर्जरका लागि राष्ट्र बैंक समक्ष प्रस्ताव गरेकोमा बैंकहरुले पुस २५ गते ग्लोबल आइएमई बैंक लिमिटेडको नाममा एकीकृत कारोबारमा जाने गरी स्वीकृति पाएको हो । मर्जरपछिको ग्लोबल आइएमई बैंक ३४ अर्बमाथिको चुक्तापुँजीसहित ठूलो बैंक बन्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here