सरकार र लगानीकर्ताबीच सहमति

Share It On:

२१ जेठ, काठमाडौं । 

सरकार र शेयर बजारका लगानीकर्ताबीच सहमति भएको छ ।

अर्थमन्त्रालयमा भएको वार्तामा ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएको हो । दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर गरेपछि बजार खुलेकाे छ । सरकारले यस विषयमा सुचना जारी गरेको छ ।

अर्थमन्त्रालयमा भएको वार्ता सफल भएपछि शेयर कारोबार खुलेको छ। बजार खुलेसँगै नेप्से परिसूचक तीव्र गतिमा बढ्न थालेको छ।

आगामी आर्थिक वर्षको बजेटअन्तर्गत सरकारले नयाँ कर व्यवस्था गरेसँगै आन्दोलनमा उत्रिएक लगानीकर्ताहरुले यस दिन बिहान सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका थिए।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *