२३ फागुन २०७६, काठमाडौं ।
सानिमा बैंक लिमिटेड र नेपाल स्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रा. लि. बीच सानिमा बैंकका ग्राहकहरुलाई सामसुङको मोबाइल सेट सहज रुपमा मासिक किस्तामा (EMI) प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु रिकमेन्डेड रिटेल मूल्य (RRP) मा खरिद गर्न सक्नुहुनेछ । यसै गरी बैंकको क्रेडिट कार्ड प्रयोगकर्ताले आकर्षक ब्याजदरका साथ १८ महिना सम्मको मासिक किस्ता (EMI) भुक्तानी गर्न सक्नुहुनेछ ।
साथै भर्खरै अन्तर्राष्ट्रिय बजारमा लन्च गरिएको Galaxy s20 र Galaxys20+ विशेष मूल्यमा प्रि-बुक गर्दा प्रि-बुकिङ उपहार समेत प्राप्त गर्न सक्नुहुनेछ । सो सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आईएमएस नेपाल प्रा. लि. को तर्फ बाट सेल्स तथा अपरेसन म्यानेजर नारायण प्रसाद भुषालले हस्ताक्षर गर्नुभयो ।