सानिमा बैंक  र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल बीच सम्झौता

Sanima Bank

०५ माघ २०७६, काठमाडौँ ।

सानिमा बैंक लिमिटेड र ग्रान्डीअन्तर्राष्ट्रिय अस्पताल लिमिटेड बीच बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता बमोजिम सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग कर्ताले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानीका साथै अस्पतालका विभिन्न सेवा सुविधाहरुमा ७.५ % सम्म छुट प्राप्त गर्न सक्नुहुनेछ।

उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत बबि सिंह गड्तौला र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका तर्फबाट प्रमुख मार्केटिङ्ग अधिकृत दिनेश पौडेलले हस्ताक्षर गर्नुभयो ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल काठमाडौंको टोखामा अवस्थित स्वास्थ्य उपचार सम्बन्धी उच्च स्तरीय सेवा दिने संस्था हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here