एक वर्षे पिजिडिसिए र मास्टर्समा भर्ना खुल्यो, गैर आइटीका विद्यार्थीले पनि पढ्न पाउने

०७ माघ २०७६, काठमाडौँ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काडमाडौंको पुतलीसडकमा अवस्थित कान्तिपुर सिटी कलेजमा मास्टर्स अफ कम्प्युटर एप्लिकेशन (MCA), मास्टर्स अफ आर्टस इन मास कम्युनिकेशन एण्ड पत्रकारिता (MAMCJ) र एक वर्षे पोस्ट ग्य्राजुएट डिप्लोमा इन कम्प्युटर एप्लिकेशन (PGDCA) का लागि आवेदन फारम खुलेको छ । उक्त कोर्स गर्न चाहनेहरुले माघ १५ गतेसम्म आवेदन फारम भर्नु पर्नेछ ।

पूर्वाञ्चल विश्वविद्यालयले आइटी विषय भन्दा बाहिरी विषयबाट स्नातक गरेका विद्यार्थीहरुको लागि पनि सीधै स्नातकोत्तर गर्ने अवसर दिएको छ । एक वर्षे पोस्ट ग्य्राजुएट डिप्लोमा इन कम्प्युटर एप्लिकेशन (PGDCA) गरेपछि आइटी विषय भन्दा बाहिरी विषयबाट स्नातक गरेकाहरुले मास्टर्स इन कम्प्युटर एप्लिकेशन (MCA) मा पढ्न पाउने छन् ।

विश्वविद्यालयबाट मान्यता प्राप्त एक वर्षे कम्प्युटर कोर्स हो पिजिडिसिए, जुन कान्तिपुर सिटी कलेजले विगत १५ वर्ष देखि कक्षा संचालन गर्दै आएको छ । सेमेस्टर सिस्टममा पढाइ हुने यो कोर्सको जिपिए प्रणालीबाट मूल्यांकन गरिन्छ । हाल नेपालमा पूर्वाञ्चल विश्वविद्यालयले मात्र यस्तो कोर्स सञ्चालन गरिरहेको कलेजको दाबी छ।

स्नातकमा आइटी, साइन्स वा इन्जियिरिङ विषयका अलावा बिए, बिएससी, बिएड लगायतका संकायका विद्यार्थीले पनि पिजिडिसिएको अध्ययनका लागि योग्य हुने बताईएको छ । स्नातकमा न्यूनतम ४५ प्रतिशत अंक ल्याएका विद्यार्थीहरु यो विषय पढ्नको लागि योग्य मानिनेछन् ।

विद्यार्थीहरुलले  पिजिडिसिए गरेपछि सूचना प्रविधि क्षेत्रमा विभिन्न अवसर प्राप्त गर्नुका साथै गैरआइटी विषय पढेका स्नातकका विद्यार्थीले मास्टर्समा आइटी विषय पढ्न पाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here