प्रभु बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बीच आकर्षक छुट दिने सम्झौता

Siddhartha Hospitality
Share It On:

५ जेठ २०७९, काठमाडौं ।

प्रभु बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि.का बिच सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि. मा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री मनिराम पोखरेल र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि.का तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

प्रभु बैंक र सिद्धार्थ बिजनेश ग्रुप वीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरि रहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरूले सिद्धार्थ बिजनेस ग्रुपद्वारा सञ्चालित रिसोर्ट, होटल, रेष्टुरेण्ट, क्याफेमा फुड एण्ड वेभरेजमा १० प्रतिशत र लजिङ्ग सुविधामा २० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरूले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, QR र POS मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रा.लि का सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरू लाभान्वित हुने बैंकले विश्वास व्यक्त गरेको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *