कृषि विकास बैंकद्वारा विद्यालय र ज्येष्ठ नागरिक आश्रमलाई शैक्षिक सामग्री तथा राहत वितरण
३१ असार, काठमाडौं।
कृषि विकास बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत विभिन्न सेवामुलक संस्था तथा विद्यालयरुलाई सहयोग हस्तान्तरण गरेको छ ।
बैंक संचालक समितिका सदस्य बिनोद गुरागाँईको रोहबरमा बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईको प्रमुख आतिथ्यतामा बालज्योती आधारभूत विद्यालय धुलिखेल-१० बतासे काभ्रेमा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुल ब्याग, जुत्ता,पानी बोतल र स्टेसनरी सामनहरु हस्तान्तरण गरेको जनाएको छ ।
त्यसैगरी शंकरापुर – ४ लप्सीफेदीमा संचालित जे.पी.प्रतिष्ठान (जेष्ठ नागरिक सेवा आश्रम) लाई मानवीय सहयोग तथा राहत अन्तर्गत खाद्य सामग्री तथा लत्ता कपडा, जुद्धदोय माध्यमिक विद्यालय क्षेत्रपाटी र नन्दी रात्री माध्यामिक विद्यालय नक्साल काठमाण्डौलाई शैक्षिक गुणस्तर सुधारका लागि कम्प्युटर तथा प्रिन्टर लगायतका शैक्षिक सामाग्री वितरण गरेको छ ।
उक्त कार्यक्रममा सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्याथीहरु, सेवा आश्रमका अध्यक्ष तथा आश्रीत जेष्ठ नागरीकहरु लगायत बैंकका विभागीय प्रमुख बीना शर्मा र सरीता दहाल तथा वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल सहित ठमेल शाखा, नक्साल शाखा र धुलिखेल शाखाका प्रबन्धक तथा कर्मचारहिरुको उपस्थिती रहेको बैंकले जनाएको छ ।
For More: ADBL Supports Schools Care



