कृषि विकास बैंकको हरिनगरामा विद्यार्थीसंग ग्लोवल मनि विक कार्यक्रम

ADBL Global Money Week 2024

१३ चैत, काठमाण्डौं। 

ग्लोबल मनि विकको अवसरमा कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थीसँग बैंक कार्यक्रम सम्पन्न गरेको छ । हरिनगरा कै हरिनगर मा.वि.मा कक्षा ११ र १२ मा पढ्ने ८० जना विद्यार्थीको सहभागीतामा विद्यार्थीसंग बैंक कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमको लागी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुख, प्रदेश निर्देशक, शाखा हरिनगरा प्रमुखको सहभागीता रहेको थियो । बैंकको यस किसिमको पहलबाट प्रफुल्लित भएर हरिनगरा गा।पा। का अध्यक्ष गफार अन्सारीले बैंकलाइ धन्यबाद दिन विद्यालयमा नै आएका थिए । विद्यार्थीहरुलाई वित्तिय साक्षरताको बारे राम्रोसंग सिक्न र घर परिवारमा समेत सिकाउन सुझाव दिए ।

कायृक्रममा वित्तीय साक्षरता भनेको के हो ? यसको महत्व र उद्देश्य, बैंकिङ्ग कारोवार, पारिवारीक बजेट, विप्रेषण, विमा, गैह्र बैंकिङ्ग कारोवार र यी सेवा र सुविधाको लागी एडिविएल को पहल बारे विद्यार्थीहरुलाई जानकारी दिइएको थियो । प्रदेश निर्देशक रञ्जन खनाल र विभागीय प्रमुख विना शर्माले सहजिकरण गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले बजारमा चलिरहेका दुष्प्रचार र यसको पछाडीका कारणहरुबारे प्रश्न गरेका थिए, जस लाइ सहजकर्ताहरुले जवाफ दिइएका थिए ।

कार्यक्रमलाई समेट्दै प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले विद्यार्थीहरुलाई विश्वमा बैंक र पैसाको सुरुवात, आजको डिजिटल बैंकिङ्ग, बढ्दै गइरहेका चुनौती र भविष्यको बैंकिङ्ग अवस्थाको बारेमा जानकारी गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here