कृषि विकास बैंक लिमिटेडको नाइमा विशेष अफर योजना, ब्याजदर प्रिमियम र सेवा शुल्क दुवैमा ३३.३३ % सम्म छुट अफर
२७ साउन, काठमाडौं।
कृषि विका बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ।
बैंकले सार्वजनिक गरेको विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको प्रिमियमदर र सेवा शुल्क दुबैमा ३३.३३ % सम्म छुट पाउने बैंकले जनाएको छ ।
सवारी साधन किन्न इच्छुक ग्राहकले आफूलाई पायक पर्ने नजिकैको बैंक शाखामा गएर कर्जाका लागि सहज रूपमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ। आवश्यक कागजपत्रहरू पूरा गरेपश्चात् बैंकले गाडी खरिदका लागि तुरुन्तै स्वीकृतिपत्र प्रदान गर्ने जनाइएको छ।
यस कर्जा योजनाबारे थप जानकारी लिन चाहने ग्राहकले बैंकको नजिकैको शाखामा सम्पर्क गरी वा कल सेन्टर नम्बर ०१५९७०१६१ मा फोन गरेर लिन सक्नेछन्।
For More: ADBL Car Loan Discount Offer

