३१ असार, काठमाडौँ।
चौधरी ग्रुप अन्तर्गतको सहायक कम्पनी र विद्युतीय उपकरणमा अग्रणी कम्पनी ओएल प्रालिले अभिनेत्री सुरक्षा पन्तलाई सीजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।
आफ्नो ब्रान्डको प्रतिनिधित्व गर्न कम्पनीले अभिनेत्री पन्तलाई रोजेको हो।
अभिनेत्री पन्त र कम्पनीबीचको सहकार्यले ब्रान्डको उपस्थितिलाई अझमाथि उठाउने र यसको विविध उत्पादनलाई प्रवर्द्धन गर्ने कम्पनीको लक्ष्य तथा विश्वास छ।
यस सहकार्यले ब्रान्ड इक्विटी र उपभोक्ताहरूमाझ पहुँच बढाउने समेत कम्पनीको अपेक्षा छ।