३१ असार, काठमाडौँ।
एभरेष्ट बैंकले दुधौली न.पा वडा नं. ४ सिन्धुलीमा अवस्थित सरस्वती माध्यामिक विद्यलाय डकाहालाई आर्थिक सहयोग प्रदान गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यलायलाई आर्थिक सहयोग प्रदान गरेको हो।
बैंकले शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको बताएको छ।
बैंकले एक विशेष समारोहकाबीच उक्त विद्यलायलाई सो विद्यालयको खानेपानी व्यवस्थाको लागि एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले विद्यालयका सहायक–प्रधानाध्यापक विष्णु प्रसाद सापकोटालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
यस सहयोगबाट उक्त विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूलाई स्वच्छ खानेपानी वितरणमा टेवा पुग्ने र शिक्षादिक्षामा थप सहज हुने विश्वास बैंकले लिएको छ।
साथै, विद्यालयका सहायक–प्रधानाध्यापक सापकोटाले बैंकको यस सहयोगले विद्यालयको खानेपानीको समस्या तथा समग्र विकासमा उल्लेखनिय भुमिका खेल्ने र आगामी दिनमा समेत यस्तै किसिमको सहयोग अपेक्षा रहेको बताए।
सो कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती र समाजिक अभियन्ता जानुका श्रेष्ठको उपस्थिति रहेको थियो।
बैंकले १२६ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६१ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।