ग्यालेक्सी ए आइ को नयाँ युग शुरु हुँदैछ !

Galaxy AI

१३ मंसिर, काठमाडौँ।

इन्टरनेट तपाईंको औंलामा, क्यामरा तपाईंको खल्तीमा, र अब आर्टिफिसियल इन्टेलिजेन्स (ए आइ) ले सुधार्दै गरेको तपाईंको दैनिक जीवन ।

सामसङ ग्यालेक्सीले इन्टरनेटको पहँुचलाई सहज गरी क्यामरालाई सञ्चारको माध्यम बनाइदिएको छ जुन बिना हामी बाँच्नै नसक्ने भइसकेका छौैं ।

अहिले सबैको आँखा ए आइ मा केन्द्रित भएपनि यसको केही खास विशेषताहरु अझैसम्म मोबाइल प्रविधिमा आइसकेका छैनन् । ग्यालेक्सी त्यसलाई बदल्ने तयारीमा छ ।

सबैलाई सबै ठाऊँमा, सशक्त बनाउने गरी निर्माण गरिएको ग्यालेक्सी ए आइ तपाईंको फोनको एक विश्वव्यापी इन्टेलिजेन्स हो, जुन यसभन्दा अघि तपाईंले कहिल्यै देख्नु भएको छैन । ती सबै ठाऊँहरुमा जहाँ यसको बढी महत्व छ– अवरोधरहित सञ्चारदेखि, सहज उत्पादकत्वसम्म, असीमित सिर्जनशीलतासम्म– हामी नयाँ सम्भावनाहरु उघार्दैछौं ।

ग्यालेक्सी ए आइ मा दुइ किसिमका ए आइ प्रविद्घि समावेश छ । सामसङद्वारा विकास गरिएको डिभाइस ए आइ र अरु समान विचारधाराका औद्योगीक अग्रणीहरुका साथ हाम्रो खुल्ला सहकार्यहरुबाट सक्षम गरिएका क्लाउडमा आधारित ए आइ, दुवैद्वारा संचालन हुने एक वृहत् मोबाइल ए आइ अनुभव हो ।

यसले ग्यालेक्सी सुरक्षा र गोपनीयतामा तपाईंले पाउनु हुने विश्वसनीयताका साथ तपाईंको हरेक दिनको मोबाइलसँगको अनुभवलाई परिवर्तन गरिदिनेछ ।

ग्यालेक्सी ए आइ को फाइदाहरु के कस्तो छ भनि हेर्दा हामीले यसको एउटा मुख्य विशेषता “फोन कल” लाई उदाहरणको रुपमा लिन सक्छौं ।

एआइ लाइभ ट्रान्सलेट कलले चाँडै नै प्रयोगकर्ताहरुलाई जति बेला आवश्यक पर्यो त्यति नै बेला आफ्नो पर्सनल ट्रान्सलेटर उपलब्ध गराउनेछ ।

किनभनें यो ग्यालेक्सी डिभाइसकै कलसँग एकीकृत गरिएको छ, यसले गर्दा तेस्रो पक्षको एप चलाइरहन पर्ने झँझट रहँदैन । अडियो र टेक्स्ट तपाईंले बोल्नु र लेख्नु भएकै समयमा नै अरु भाषामा अनुवाद भएर आउने छ ।

यो ग्यालेक्सी ए आइ डिभाइसमा नै भएको हुँदा, यसले तपाइको गोप्य वार्तालापहरु तपाईंको फोनमा नै सिमित रहनेछ ।

आउँदो वर्षको शुरुमा ग्यालेक्सी ए आइले हामीलाई एउटा त्यस्तो संसारमा ल्याउनेछ जहाँ सामाजिक सञ्चारका अवरोधहरु तोडिनेछन्, र सञ्चार पहिले भन्दा अझै सहज र अझ बढी रचनात्मक हुनेछ ।

यसरी ए आइ ले हाम्रो जीवनमा ठूलो परिवर्तन ल्याउनेछ ।

“मोबाइल प्रविधिसंग विश्वभरका मानिसहरुका लागि सञ्चार, सिर्जनशीलता, उत्पादकत्व र थप सक्षम बनाउने अतुलनीय शक्ति छ, तर आजसम्म, हामीले मोबाइल ए आइलाई वास्तविक रुपमा अर्थपूर्ण तरिकाबाट उपयोग गरिएको देखेका छैनौं ।” इभिपि र अनुसन्धान तथा विकास प्रमुख, वाङजुङ चोइले भन्नु भयो । “ग्यालेक्सी ए आइ हाम्रो आजसम्म कैे सबैभन्दा वृहत्तर इन्टेलिजेन्स हो जसले हाम्रो फोनको परिभाषा नै बदलिदिनेछ ।”

यो ग्यालेक्सी ए आइ को एउटा सानो झलक मात्र हो । अब मोबाइल ए आइको नयाँ युगको सुरुवातको लागि तयार रहनुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here