Empowering women through ICT, Sovita Dahal
सूचना प्रविधिमा महिलालाई सबल, सक्षम र आत्मनिर्भर भइ नयाँ सोचको विकास गर्ने उद्देश्यका साथ वुमन टेक मेकर्स र वुमन लिडर्स इन टेक्नोलोजी (डब्लूएलआइटी)ले संयुक्त रुपमा महिला दिवसको सन्दर्भमा एक कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रममा लगप्वाइन्ट सफ्टवेयर कम्पनीका सिइओ मोना न्यछोले प्रविधिमा नयाँ सोच दिन महिलाहरु पनि अब्बल रहेको बताइन्। उनले महिलाहरुले अब चुलोचौकोमा मात्र सिमित नभएर प्रविधिमा पाइला चाल्नुपर्ने बताइन्। नेपालमा सूचना प्रविधिको विकास र विस्तार द्रूत गतिमा भइरहेको भन्दै यसको लागि महिलाहरु प्रविधिमा पाइला चाल्नु पर्ने सुझाव दिइन।
See more at http://www.annapurnapost.com/News.aspx/story/46638