IT Park Nepal come into Operation Very Soon, Ambika Luitel

विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभाग, सफ्टेक फाउण्डेसन प्रालि, डिल्लीबजार, क्लाउड हिमालय प्रालि थापाथली र काठमाडौँ विश्वविद्यालय, धुलिखेलबीच पार्कमा सूचना तथा प्रविधि उद्योगसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्ने विषयमा सम्झौता भएको हो ।

सम्झौताअनुसार सफ्टेक फाउण्डेसन प्रालिले व्यावसायिक भवनको एक व्यावसायिक इकाइमा सफ्टवेयरको विकाससम्बन्धी काम गर्ने, क्लाउड प्रालिले व्यावसायिक भवनमा डाटा सेन्टर सञ्चालन गर्ने र काठमाडौँ विश्वविद्यालयले दुई व्यावसायिक इकाइमा सूचना प्रविधिमा आधारित नयाँ उद्योगको इन्कुवेसन केन्द्र तथा फिनिसिङ स्कुल सम्बन्धी काम गर्ने विज्ञान तथा प्रविधि मन्त्रालय सूचना प्रविधि विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

IT Park in Nepal

सो सम्झौतामा विभागका तर्फबाट महानिर्देशक वीरेन्द्रकुमार मिश्र, विश्वविद्यालयका तर्फबाट रजिस्ट्रार डा भोला थापा, सफ्टेक फाउण्डेसनको तर्फबाट प्रबन्ध निर्देशक अम्बिकाप्रसाद लुईंटेल र क्लाउड हिमालयका तर्फबाट अध्यक्ष रमेशकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

सम्झौताका कारण कम्तीमा १३० जना सूचना प्रविधिसम्बन्धी दक्ष जनशक्तिको लागि नयाँ रोजगारी सिर्जना हुने र वार्षिक रुपमा १० नयाँ सूचना प्रविधिमा आधारित कम्पनी स्थापना भई हरेक वर्ष रोजगारीका अवसर बढ्दै जाने अपेक्षा गरिएको छ ।

विसं २०६२ सालमा निर्माण सम्पन्न भएको यो पार्क सञ्चालनका लागि यसवर्ष सूचना प्रविधि पार्क सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७२ समेत स्वीकृत गरिसकिएको छ । रासस