२ फागुन, काठमाडौं ।
क्यान महासंघ सुनसरी शाखाले इटहरीमा हिकभिजन क्यान ईन्फोटेक २०२४ गर्ने भएको छ । यहि फागुन १० गतेदेखि पाँच दिन सम्म हुने सुचना प्रविधी प्रदर्शनी स्वेदेशी तथा विदेशी सफ्टवेयर तथा एप्लिकेशनलाई समेत प्राथमिकताका साथ प्रदर्शन र बिक्री गर्ने जनाएको छ ।
क्यान सुनसरीका अध्यक्ष सन्देश राईले विज्ञप्ती जारी गर्दै क्यान सुनसरीले छैठौं पटक सुचना प्रविधी प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिएका छन् ।
सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन क्यान महासंघले नेपालका विभिन्न स्थानमा इन्फोटेक आयोजना गर्ने गरेको छ । जसमा सुचना तथा सञ्चार प्रविधिको क्षेत्रमा प्रयोगमा रहेका प्रविधीमा आधारित सोलुसन्स तथा सेवाहरुको प्रदर्शनी र बिक्री वितरण गर्ने गरेको छ ।
इन्फोटेकमा सुचना प्रविधिसम्बन्धि जानकारी लिनका साथै विभिन्न सामाग्री, उपकरणहरु सुपथ मुल्यमा किन्न सकिने उनले जानकारी दिएका छन् ।
इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनिद्वारा उत्पादन गरिएका सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवद्र्धन गर्नका लागि छुट्टै सफ्टवेयर प्याभेलियन तथा स्टार्टअप प्याभेलियन निर्माण गरेको जनाइएको छ ।
जसमा ती नेपाली प्रोडक्टले सहुलियतमा स्टल पाउनेछन् भने नेपालमा सुचना प्रविधि र सफ्टवेयरको क्षेत्रमा गरेको प्रगतीबारे जानकारी लिन सकिनेछ ।
साथै सुचना प्रविधि र सफ्टवेयरको क्षेत्रमा विद्यार्थीहरुले करिअर बारेसमेत जानकारी लिन सक्ने अध्यक्ष राईले जानकारी दिए।