माडी चितवनमा साईबर अपराध र सुरक्षा बारे ३ दिने प्रशिक्षण सम्पन्न

NRN USA Wisconsin Chapter का अध्यक्ष बुद्दि सुबेदी (Buddi Subedi) को प्रयास, प्रायोजक र प्रमुख आतिथ्यमा माडी चितवन अभियान अन्तरगत १ क्याम्पस र ५ बिद्यालयहरुमा गरि करिब ७०० सहभागिहरुलाई साईबर अपराध र सुरक्षा बारे ३ दिने प्रशिक्षण सम्पन्न

डा. रामहरि सुबेदी, भर्जिनिया (नोभेम्बर ३, २०१७) – NRN USA Wisconsin Chapter का अध्यक्ष बुद्दि सुबेदीको प्रयास, प्रायोजक र प्रमुख आतिथ्यमा माडी चितवन अभियान अन्तरगत माडी बहुमुखी क्याम्पस, माडी माबी, जन कल्याण माबी, सोमेश्वर उच्च माबी, खैरेनी माबी, र पिसल्याण्ड बोर्डिङ्ग स्कुल गरि १ क्याम्पस र ५ बिद्यालयहरुमा साईबर अपराध र सुरक्षा बारे ३ दिने प्रशिक्षण सम्पन्न भएको छ ।

प्रशिक्षणमा क्याम्पस स्कुलका ब्यबस्थापन समितीका सदस्यहरु, प्रध्यापक र शिक्षकहरु लगायत करिब ७०० बिद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रशिक्षणको पहिलो दिन NRN USA Wisconsin Chapter का उपाध्यक्ष बिष्णु अधिकारी (Bishnu Adhikari) को प्रयास र प्रायोजनमा र अध्यक्ष बुद्दि सुबेदीको प्रमुख आतिथ्यमा सोमेश्वर उच्च माबीमा कार्यक्रमको सुरुवात गरिएको थियो। बिष्णु अधिकारीले भिडियो मार्फत साईबर अपराध के हो, यसको असर र भाबि पिंडीहरुले शुरक्षित तरिकाले ईन्टरनेट चलाउन सिक्नु पर्ने अत्यन्तै जरुरी ठानेर मैले यो कार्यक्रम याहाँहरुको सुरक्षाको लागि ल्याएको हुँ भन्ने बिषयको भिडियो संन्देश पठाउनु भएको थियो । उक्त भिडियो कार्यक्रमको सुरुवातमा प्रस्तुत गरिएको थियो ।

अमेरिकाको व्हिसकन्सिनबाट बुद्दि सुबेदीको भिडियो सन्देश त्यस्तै गरि बुद्दि सुबेदी नेपाल गएको मौका पारी गरिएको माडी अभियानमा स्वंमनै उपस्थित हुँदा सम्पुर्ण कार्यक्रम अत्यन्तै प्रभाबकारी भएको थियो । भिडियो संन्देश पछि सुबेदीलाई कार्यक्रममा प्रमुख अतिथ्य ग्रहण गराईएको थियो र वाहाँको बाल्यकाल, सामाजिक योगदानको बारेमा पनि सहभागी प्राध्यापक, शिक्षक, र बिद्यार्थीहरुलाई जानकारि गराईएको थियो ।

३ दिन सम्म चलेको उक्त अभियानमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको तर्फबाट प्रशिक्षक पुजा गुरुङ्गले सहभागि ब्याबस्थापन समितीका सदस्यहरु प्राध्यापक, शिक्षक र बिद्यार्थीहरुलाई साईबर अपराध के हो, कसरि घटछ, फोन, ईन्टरनेट, फेसबुक, ईमेल, कम्प्युटर, वाईफाईलाई कसरि सुरक्षित बनाएर चलाउने भन्ने बिषयमा प्रशिक्षण दिनु भएको थियो भने साईबर सेक्युरिटी ईन्टरन्यासनलकी अर्की सदस्य मुना भट्टले सहभागिहरुको नाम संकलन र कार्यक्रमको बारेमा प्रकासनको लागि फोटो, भिडियो लिनु भएको थियो ।

कार्यक्रमको अन्तमा, सहभागि बिधार्थी आ-आफ्नो प्रतिकृया दिएका थिए । त्यस्तै गरि सहभागि शिक्षकहरुले यो कार्यक्रमबाट चितवन माडी क्षेत्रका कुनै पनि बिधार्थी बन्चित नहुनु पर्ने र अझै थप कार्यक्रमहरु संञ्चालन गरिनु पर्ने कुरामा प्रायोजक बुद्दि सुबेदी र साईबर सेक्युरिटी ईन्टरन्यासनललाई अनुरोध गरेका थिए । साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ ।

अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here