स्मार्ट टेलिकमको फोरजी आजदेखि, हालसम्मकै तीव्र गतिमा 4G चल्ने

Share It On:

 दूरसंचार सेवाप्रदायक कम्पनी स्मार्ट सेलले कात्तिक १२ गतेदेखि फोरजी सेवा सुरु गर्ने भएको छ। तत्कालको लागि काठमाडौं उपत्यका र पोखराबाट सेवा सुरु गर्न लागिएको स्मार्टका प्रशासकीय अधिकृत सजिन राजभण्डारीले जानकारी दिए। प्राविधिकरुपमा सबै तयारी पुरा भएपनि अझै परीक्षणकै क्रममा भएकोले देशका अन्य सहरमा सेवा विस्तारको लागि केही समय लाग्ने स्मार्टले जानकारी दिएको छ।

भोलीदेखि काठमाडौं र पोखरामा सुरु हुने सेवा पनि परीक्षणकै क्रममा हुने र त्यसपपछि यी ठाउँसहित नेपालगंज, चितवन र विरगंजमा एकसाथ व्यवसायिकरुपमा सुरु गरिने राजभण्डारीले जानकारी दिए।

स्मार्टले नेपालमा हालसम्मकै सबैभन्दा द्रुतगतिको मोबाइल इन्टरनेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। अहिले थ्रीजी र फोरजीबीचमा गतिमा उपभोक्ताले फरक अनुभुति गर्न नपाएको तर स्मार्टले त्यो अनुभव गराउने राजभणडरीको विश्वास छ।

१८ सय मेगाहर्ज ब्यान्डमा १० मेगाहर्ज फ्रिक्वेन्सीमार्फत फोरजी संचालन गर्ने भएको छ। उक्त ब्यान्डमा १२ मेगाहर्ज फ्रिक्वेन्सी भएको कम्पनीले गएको जेठमा नियमक निकाय दूरसंचार प्राधिकरणबाट प्रविधि तटस्थतताको अनुमति पाएको थियो।

सन् २००८ मा पश्चिमाचंल विकास क्षेत्रबाट सिमित क्षेत्रको जिएसएम सेवाबाट सेवा सुरु गरेको स्मार्टले सन् २०१३ मा युनिफाइड अनुमति पाएको थियो।

Source: Click Here


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *