आईफोन लागि पनि अायो ‘Hamro Nepali Keyboard’

Share It On:

आईफोन प्रयोगकर्ताका लागि पनि अायो ‘हाम्रो नेपाली किबोर्ड’

७ असोज, काठमाडौं । हाम्रो पात्रोले आईफोन प्रयोगकर्ताका लागि App Store मार्फत् ‘Hamro Nepali Keyboard‘ सार्वजनिक गरेको छ । यसका लागि यो लिंकमा क्लीक गर्न सकिन्छ ।

कुनै पनि एप्लिकेशनमा सन्देश टाइप गर्न अत्यन्त सहज तथा सरल यूजर इन्टरफेस रहेको यस ‘Hamro Nepali Keyboard‘ मा तपार्इ आफूलार्इ मनपर्ने भिन्नाभिन्नै तरीकामध्ये कुनै पनि विधिको प्रयोग गरी iPhone मा नेपाली भाषामा लेख्न सक्नुहुनेछ । जसकालागि किबोर्डको स्पेश बटनलार्इ एकछिन थिचिराख्नुपर्ने हुन्छ ।
लोकप्रिय Emoji हरू संलग्न गरीएको यस ‘Hamro Nepali Keyboard’ मा नियमित अंग्रेजी अक्षरकासाथै नेपाली तथा अंग्रेजी भाषामा नम्बरहरू राखिएका छन् ।iOS को Default किबोर्डसंग मेलखाने यसको यूजर इन्टरफेसले तपार्इलार्इ यसको रङ्ग, डिजाइन लगायतका सामान्य कुराहरूले पनि iOS को वास्तविक किबोर्डसंग जोडिरहनेछ ।

तपार्इं रोमनबाट नेपाली टाइप गर्नुस् वा सिधै चलनचल्तिको नेपाली किबोर्ड प्रयोग गर्नुस् । यसले एउटा नेपाली भाषासंगको तपार्इको कम्प्यूटरको किबोर्ड अथवा Android मा धेरै अघि हामीले सार्वजनिक गरीसकेको किबोर्ड चलाउनुको उही मज्जा जारी राख्नेछ ।

यस ‘Hamro Nepali Keyboard‘ अर्को रमाइलो पाटो भनेको कुनै प्रारम्भिक अक्षर टाइप गर्दा त्यो अक्षरबाट प्रारम्भ हुने अन्य धेरै शब्दहरू सुझावका रूपमा देखार्इ दिन्छ ।

जस्तै तपाइँले यदि ‘स’ लेख्दै हुनुहुन्छ भने किबोर्डले सुझावका रूपमा ‘सक्छ’, ‘सिकाउनु’, ‘सदा’, ‘सङ्क्रान्ति’, ‘साँइलो’, ‘सास’, ‘सिँगारी’ जस्ता धेरै शब्दहरू देखाइदिन्छ जसमध्ये आफूलार्इ उपयूक्त लागेको शब्दलार्इ थिचेर तपाइको सन्देशमा प्रयोग गरी टाइपिङ जारी राख्न सकिन्छ ।

‘भाषा सबैको साझा’! आफ्नै अक्षर, लिपीमा प्रविधि प्रयोग गर्नुको मज्जा लिंदै देवनागरी लिपी तथा नेपाली भाषा प्रवर्धनमा यहाँको निरन्तरको साथ जारी रहने कम्पनीले जनाएको छ ।

Source: Click Here


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *