साईबर अपराध र सुरक्षा सम्बन्धी ३ दिने तालिम सुरु

अमेरिकाको न्युयोर्क निवासी ब्याबसायी बेद प्रसाद खरेलको (Bed Kharel) प्रयास र प्रायोजकमा चितवन भरतपुरको लक्ष्मी माबी लंकुमा साईबर अपराध र सुरक्षा सम्बन्धी ३ दिने तालिम सुरु भयो ।

आज पहिलो दिन खरेलकी माता टोपला देबी खरेल र लक्ष्मी देबी खरेलको पनि कार्यक्रममा उपस्थिती हुनुका साथै छोराको स्कुल अबस्थाको बारेमा जानकारी दिनु भएको थियो । त्यस्तै गरि चितवन जिल्ला प्रहरी प्रमुख दिपक थापाको (Deepak Thapa) पनि प्रमुख अतिथीको रुपमा सहभागिता रहेको थियो । प्रहरी प्रमुख थापाले स्कुलका सहभागी बिधार्थीहरु र शिक्षकहरुलाई साईबर अपराध घटने आधारहरु र समाधानका उपायहरुको बारेमा जानकारी दिनु भएको थियो । त्यस्तै गरि महिला नेतृ मिना खरेलले पनि साईबर अपराधको बिषयमा सामान्य रुपले प्रकास पार्नु भएको थियो । अतिथीको बोल्ने क्रम सकिएपछि साईबर सेक्युरिटी ईन्टरन्यासनलको तर्फबाट प्रशिक्षक पुजा गुरुङ्गले सहभागि बिधार्थीहरुलाई र शिक्षकहरुलाई करिब ४ घण्टा सम्म साईबर अपराध र सुरक्षा सम्बन्धी तालिम दिनु भएको थियो। संस्थाको तर्फबाट मुना भट्टले फोटो, भिडियो र नाम संकलनको गर्नु भएको थियो। कार्यक्रमको अन्त्यमा सहभागि बिधार्थीहरुले कार्यक्रमको बारे आ-आफ्नो प्रतिकृया दिएका थिए ।

अहिले भईरहेको साईबर अपराधबाट कसरि बच्ने र फोन, फेसबुक, ईन्टरनेट, कम्प्युटर, वाईफाईलाई कसरी सुरक्षित तरिकाले चलाउने भन्ने बिषयमा केन्द्रित रहेको थियो । साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ ।

अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ ।डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ । यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने Cyberheadline@hotmail.com मा संर्पक गर्न सक्नु हुनेछ । Phone Contact USA – 703-298-6151 (If you are interested conducting a program in your area)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here