बीमा न्युज औपचारिक रुपमा संञ्चालनमा

नेपालकै पहिलो र एक मात्र बीमा सम्बन्धी समाचार प्रकाशन गर्ने संस्था 

 नेपालमै पहिलो पटक बीमा सम्बन्धी समाचार प्रकाशन गर्ने नेपाली भाषाको अनलाईन पोर्टल बीमा न्युज डट कम औपचारिक रुपमा संञ्चालनमा आएको छ । सूचना र संञ्चारको तिव्रगामी युगमा बीमा जस्तो महत्वपूर्ण वित्तिय सूचकको बारेमा गहन र बृहत जानकारी दिने समाचार संस्थाको आवश्यकता महसुस भईरहेको समयमा बीमा न्युज डट कम औपचारिक रुपमा वि.स २०७४ भाद्र ७ गते, तद्नुसार २०१७ अगष्ट २३  तारिखबाट संञ्चालनमा आएको छ ।

विश्वभर अर्थतन्त्रको महत्वपूर्ण सूचक मानिने बीमा क्षेत्रको नेपालमा सुरुवात भएको दशकौँ बित्दा पनि आम सर्वसाधारण मात्रै नभई बीमा क्षेत्रसंग चासो तथा सरोकार राख्नेहरुका लागि सर्मपित रुपमा सत्य,तथ्य तथा तिव्र सूचना र जानकारी दिने प्रयासमा बीमा न्युज रहने छ । बीमा क्षेत्रका नियामक निकाय, बीमा व्यवासयी, बीमक, अभिकर्ता तथा सर्भेयर र बीमा क्षेत्रसंग प्रत्यक्ष एवंम परोक्ष रुपमा जोडिन आउने सबै आयामहरुका विविध जानकारी संगै अन्तर्राष्ट्रिय बीमा बजारका सूचना र जानकारी आम पाठक समक्ष पु¥याउने हाम्रो पहिलो प्रयास रहने छ । सिमित मात्रामा रहेका नेपाली बीमालाई देशभर विस्तार गर्न र यसको सर्वाङ्गिण विकासका लागि बीमा न्युजले पैरवी गर्ने छ । बीमा व्यवसायी, सरकार र आम सर्वसाधाणबिच बीमा न्युज सेतुको रुपमा रहने कुरा हाम्रा पाठक तथा सरोकारवाला सम्पूर्णलाई जानकारी गराउँदा हामी गर्व महसुस गर्दै छौ । बीमा न्युज बीमा क्षेत्रलाई जनमानसमा पु¥याउनुका साथै यस क्षेत्रका समस्या समाधानका लागि पनि आफुलाई अगाडी बढाउने छ । बीमा क्षेत्रको वर्तमान अवस्था, यसका संभावनाहरुलाई तपाईहरु सामु प्रस्तुत गर्ने हाम्रो पहिलो दायीत्व हुने छ ।
 बीमा क्षेत्रको सूचना तथा समाचारका साथै बीमा क्षेत्रका विज्ञहरुका धारण तथा बीमा क्षेत्रमा सोध अनुसन्धान गर्न चाहानेहरुका लागि हामी विविध प्रकारका सामाग्रीहरु प्रस्तुत गर्ने छौ ।  समग्रतामा हामी बीमा क्षेत्रको सर्वोपरि जानकारी दिदै राष्ट्रिय अर्थतन्त्रमा बीमाको योगदान बृद्धि गर्ने लक्ष्यमा रहने छौ । आम पाठक तथा बीमा कम्पनी, नियामक निकाय, अभिकर्ता,सर्भेयर, बीमा क्षेत्रका विभिन्न संघ संस्था र बीमितले हाम्रो प्रयासमा साथ तथा सहोग  गर्नुहुने छ भन्ने अपेक्षा सहित तपाईहरुको अमूल्य सुझाव तथा सल्लाहको अपेक्षा सहित बीमा न्युज तपाई समक्ष प्रस्तुत गर्दछौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here