साइबर आक्रमणमा परी दुई हजार जना पीडित

किभ : युक्रेनमा यसै हप्ता भएको बृहत साइवर आक्रमणमा परी दुई हजार जना भन्दाबढी पीडित भएका छन् । युक्रेनको राष्ट्रिय प्रहरीले शुक्रबार जारी विज्ञप्तिमा उक्त जानकारी दिएको छ । युक्रेनका कम्युटर सञ्जाल अन्तरगतका कम्तीमा पनि दुई हजार १०८ वटा कम्युटर भाइरसले असर पारेको र कम्युटरमा भएका विवरण हेर्न नमिल्ने भएको जारी विज्ञप्तिमा जानकारी दिइएको छ । एक सय ११ वटा सरकारी कार्यालय र ३०९ वटा निजी कम्पनीले औपचारिक रुपमा सो साइबर आक्रमणको निवेदन प्रहरीसमक्ष दर्ता गरेका थिए । साइबर आक्रमणको भीषण लहर गत मङ्गलबारबाट विश्वव्यापी रुपमा नै चलेको छ । साइबर आक्रमणबाट युक्रेन, रुस, युरोपेली सङ्घका देशहरु, अमेरिकालगायत अन्य देशहरुका कम्पनीहरु प्रभावित भएका छन् । युक्रेनको मन्त्री परिषद्, केही मन्त्रालय, केही अन्य सरकारी तथा सम्वेदनशील कार्यालय, सवै भन्दा ठूलो विमानस्थल, रेल सेवा, विभिन्न बैंकलगायतका कार्यालयका कम्युटरमा पनि साइबर आक्रमण भएको सो विज्ञप्तिमा उल्लेख छ । रासस/सिन्ह्वा

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here